बालुवाटार वार्तामा ओली र प्रचण्डबीच के भयो कुराकानी ?

बालुवाटार वार्तामा ओली र प्रचण्डबीच के भयो कुराकानी ?

काठमाडौं :  एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार अढाई घण्टा भेटवार्ता भएको छ । बालुवाटारमा दुवै अध्यक्षबीच पार्टी एकताको विषयमा छलफल भएको छ ।

केही समयदेखि पार्टी एकताको विषयमा एमाले र माओवादीबीच सम्बन्ध चिसिदै गएको थियो । दुवै अध्यक्षाबीचकाे  वार्ता प्रगतिउन्मुख भएको छ ।  दुवै अध्यक्ष बिहीबार एकता स‌याेजन समितिकोकाे बैठक बसाउन सहमत भएका छन् । 

माओवादी केन्द्रका नेता जर्नादन शर्माले छलफल सकारात्मक भएको बताएका छन् । उनले भोली बिहीबार एकता संयोजन समितिको बैठक बसेर एकताको सम्बन्ध निर्णय लिने बताए । 'संयोजन समितिको बैठक भोली बिहान १० बस्नेछ, त्यो बैठकले एकता मिति तय गर्नसक्छ,’ नेता शर्माले भने, संयोजक समिति छिटै एकताको मिति घोषणा गर्छ ।’

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले एकता सम्बन्धिको प्रतिवेदनमा समेत दुवै अध्यक्षबीच छलफल भएको बताए । उनले एकतालाई सकारात्मक निश्कर्षमा पुर्‍याउन दुवै अध्यक्ष सहमत भएको बताए ।

  भेटवार्ता एमालेका उपमहासचिव विष्णु पौडेल र माओवादी नेता शर्माको पनि सहभागिता रहेको थियो ।  एकताको विषय छलफल गर्न एमालेले पनि  बुधबार बेलुका ४ बजे स्थायी समितिको बैठक समेत  बोलाएको छ ।    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.