एकतालाई टुङ्गोमा पुर्याउन एमाले र माओवादीको छुट्टा छुटै बैठक
काठमाडौं : पार्टी एकतालाई टुंगोमा पुर्याउन एमाले र माओवादी केन्द्रको बुधबार छुट्टाछुटै बैठक बस्ने भएको छ। एमाले स्थायी समितिको बैठक दिउसो ४ बजे बलुवाटारमा बस्दैछ भने माओवादीको पनि ४ बजै नै खुमलटारमा विस्तारित बैठक बस्ने भएको छ।
एकताका विषय बुधबार विहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएपछि दुवै पार्टीले छुट्टाछुटै बैठक बोलाएका हुन्।
बालुवाटार वार्तामा ओली र प्रचण्डबीच के भयो कुराकानी ?
ओली र दाहालको वार्ताले बिहीबार विहान १० बजे एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको छ। ओली र दाहालको केही समयदेखिको सम्वादहिनताले एकता प्रति शंका उपशंका उब्जिदै आएको थियो।
एमाले-माओवादीबीच मतभेद चुलिँदै