पाइलट र को-पाइलटको शव काठमाडौं ल्याइयो

पाइलट र को-पाइलटको शव काठमाडौं ल्याइयो

काठमाडौं : हुम्लामा दुर्घटनाग्रस्त मकालु एयरको नाइन एन एजेयु जहाजका पाइलट र को-पाइलटको शव काठमाडौं ल्याइएको छ। सिम्रिक एयरको हेलिकोप्टरबाट पाइलट किरण भट्टराई र को-पाइलट आदित्य नेपालीको शव काठमाडौं ल्याइएको हो। 

पाइलट र कोपाइलटको शव सिम्रियर एयरको हेलिकोप्टरले हुम्लाबाट सिधै टिचिङ अस्पतालमा ल्याएको हो। मकालु एयरको जहाज बुधबार बिहान  हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ बाहुन खर्कमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। करिब साढे १२ हजार फिटको उचाईमा रहेको बाहुनखर्कको पाटनमा जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको हो।

बिहान ६ : १२ मा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट विमानस्थलका लागि उडेको जहाज १५ मिनेटमै सम्पर्कविहीन भएको थियो। बिहान ६:२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएको विमान त्यसपछि सम्पर्कविहीन भएको थियो। बिहान ६ बजेर ५५ मिनेटमा सिमकोटमा अवतरण गर्ने सेड्युल रहेको जहाज लामो समयसम्म बेपत्ता भएपछि विमानस्थल कार्यालय समेत अलमलमा परेको थियो।

एकल इन्जिनयुक्त उक्त जहाज सामान (कार्गो) बोकेर गएको थियो। कार्गो जहाज भएकाले चालक दलका सदस्य पाइलट भट्टराई र को-पाइलट नेपाली मात्र थिए।

 

यस्तो छ टुक्राटुक्रा भएको मकालु एयरको जहाज (फोटो)

जहाज दुर्घटनामा दुबै पाइलटको मृत्यु

मकालुको जहाज हुम्लामा दुर्घटना

अझै भेटिएन मकालुको जहाज, खोजीकार्य तीब्र*

सुर्खेतबाट हुम्ला उडेको मकालुको जहाज सम्पर्कविहीन


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.