कामीरिताको कीर्तिमान, २२ औँ पटक सर्वोच्च शिखरमा

कामीरिताको कीर्तिमान, २२ औँ पटक सर्वोच्च शिखरमा

काठमाडौँ : चर्चित हिमआरोही कामीरिता शेर्पाले २२ औं पटक सगरमाथा शिखर चुम्न सफल भएका छन् । योसँगै कामीरिताले २१ पटक सगरमाथा चढेको हिमआरोही आप्पा शेर्पाको विश्व कीर्तिमान पनि तोडेका छन् । 

चर्चित आरोही कामीसँगै अन्य सात नेपाली र सात विदेशी आरोहीको टोलीले पनि बुधबार बिहान ८ बजेर ३० मिनेटमा सगरमाथा चुचुरो चुमेको हो । 

सोलुखुम्बूको थानेमा घर भएका ४८ वर्षीय कामीले गत वर्ष आप्पा शेर्पाको कीर्तिमान बराबरी गर्न सफल भएका थिए । उनले यो सिजनमा आप्पाको कीर्तिमान पनि तोडेका हुन् । 

कामीरिताले २२ औँ पटक सगरमाथा चुमेको जानकारी प्राप्त भए पनि पुष्टि भइनसकेको पर्यटन विभागले जानकारी दिएको छ । 

कामीले यसअघि पहिलो पटक सन् १९९४ मा २२ वर्षमा सगरमाथा चढेका थिए । सगरमाथाको चुचुरोमा आप्पा र फुर्वा शेर्पाले २१ पटक पुगिसकेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.