मकालु जहाज दुर्घटना : ललितपुरले गुमायो दुई पाइलट

मकालु जहाज दुर्घटना : ललितपुरले गुमायो दुई पाइलट

काठमाडौं : हुम्लामा दुर्घटनाग्रस्त मकालु एयरको ‘नाइन एन एजेयु’ जहाजका पाइलट र को-पाइलट ललितपुरका भएको खुलेको छ। बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा मकालु एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। 

करिब साढे १२ हजार फिटको उचाईमा रहेको बाहुनखर्कको पाटनमा जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको हो। कार्गो जहाजका पाइलट ललितपुर मानभवन घर भएका ५४ वर्षीय किरण भट्टराई हुन भने को-पाइलट ललितपुर चाकुपाटका ३० वर्षीय आदित्य नेपाल (नेपाली) हुन्। 

क्याप्टेन भट्टराईले सिंगल र डबल इन्जिन गरेर सात हजार घन्टा जहाज उडाइसकेका थिए। उनी नेपालका अनुभवी पाइलट मध्यका एक थिए।  मकालु एयरका जनरल म्यानेजर बालकृष्ण श्रेष्ठका अनुसार भट्टराई पेशाप्रति वफादार, शालिन र मिलनसार थिए। उनी गत सेप्टेम्बरदेखि मकालु एयरमा आबद्ध भएका थिए। 

उता को-पाइलट आदित्य मकालु एयरका मालिक फिजियोनाथ नेपालीका एकमात्र पुत्र हुन्। आदित्यले कबि २२ सय घन्टा जहाज उडाइसकेका थिए। सिंगल इन्जिन जहाजको पाइलट नै भए पनि उनी को-पाइलटको भूमिकामा काम गर्दै आएका थिए। ३० वर्षीय आदित्य गत अगस्तदेखि मकालु एयरमा आबद्ध थिए। 

मकालु एयरको जहाज बुधबार बिहान  बिहान ६:१२ मा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट विमानस्थलका लागि उडेको जहाज १५ मिनेटमै सम्पर्कबिहीन भएको थियो। बिहान ६ः२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएको विमान त्यसपछि सम्पर्क्विहीन भएको थियो। बिहान ६ बजेर ५५ मिनेटमा सिमकोटमा अवतरण गर्ने सेड्युल रहेको जहाज लामो समयसम्म बेपत्ता भएपछि विमानस्थल कार्यालय समेत अलमलमा परेको थियो।

एकल इन्जिनयुक्त उक्त जहाज सामान (कार्गो) बोकेर गएको थियो। कार्गो जहाज भएकाले चालक दलका सदस्य पाइलट र को-पाइलट मात्र थिए। बुधबार दिउँसो पाइलट र को-पाइलटको  शव सिम्रिक एयरको हेलिकोप्टारबाट काठमाडौं ल्याइएको छ।  

यस्तो छ टुक्राटुक्रा भएको मकालु एयरको जहाज (फोटो)

जहाज दुर्घटनामा दुबै पाइलटको मृत्यु

मकालुको जहाज हुम्लामा दुर्घटना

अझै भेटिएन मकालुको जहाज, खोजीकार्य तीब्र*

सुर्खेतबाट हुम्ला उडेको मकालुको जहाज सम्पर्कविहीन


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.