विश्व ११ मा सन्दीप : विश्व च्याम्पियन टोलीसँग खेल्दै

विश्व ११ मा सन्दीप : विश्व च्याम्पियन टोलीसँग खेल्दै

काठमाडौं :  १७ वर्षको कलिलो उमेर। नेपाली क्रिकेटसँग सन्दीप लामिछाने परिचित भएको चार बर्ष पनि पुगेको छैन। छोटो अवधिमै उनले आफ्नो क्रिकेट करियरमा एक पछि अर्को आयाम थप्न सफल भएका छन्। लगातार सफलताको शिखर चढिरहेका सन्दीप बुधबार टीट्वेन्टी बिश्व कप च्याम्पियन टोली वेष्ट इन्डिजविरुद्ध मैत्रीपुर्ण खेलका लागि विश्व–११ टोलीमा समाबेश भएका छन्। यो अवसर नेपाल जस्तो एसोसिएट राष्ट्रका खेलाडीलाई बिरलै प्राप्त हुन्छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले मे ३१ तारिखमा इङ्ल्यान्डसको ऐतिहासिक लर्ड्स मैदानमा हुने खेलका लागि विश्व—११ टोलीमा सन्दीपलाई पनि छनोट गरेको छ। विश्व—११ टोलीले वेष्ट इन्डिजविरुद्ध गत वर्ष आएको आँधिले भत्किएको स्टेडियम पूर्ननिर्माणका लागि च्यारीटी खेल खेल्न लागेको हो। आइसीसीले उक्त टोलीमा सन्दीपलाई समावेश गर्नु नेपाली क्रिकेटका लागि समेत ठूलो अवसर हो। क्रिकेट सिकेको दुई बर्ष मै यू–१९ र सिनिर राष्ट्रिय टोलीमा छनोट भएका सन्दीपलाई एकपछि अर्को ठूलो अवसरको श्रृंखलाले पछ्याएको छ।

सन्दीप विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा परेर अनुबन्ध भई खेल्न पाउने र विकेट लिने पहिलो नेपाली खेलाडी हुन्। उनी वेष्ट इन्डिजको चर्चित टीट्वेन्टी फ्रान्चाइज क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा अनुबन्धित हुने पनि पहिलो नेपाली खेलाडी हुन्। उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रिवट्सले अनुबन्ध गरेको छ।

सन् २०१६ मा बंगलादेशमा भएको यू–१९ बिश्व कप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीमा पहिलो पटक अवसर पाउँदा नै सन्दीपले शनशनीपूर्ण प्रदर्शन गरेका थिए। आफ्नो दोस्रो खेलमै उनले आयरल्यान्डविरुद्ध ह्याट्रिक विकेट लिएका थिए। त्यससँगै सिनियर टोलीमा स्थान बनाएका सन्दीप गत फेब्रुअरीमा नामिबियामा भएको आईसिसी बिश्व क्रिकेट लिग डिभिजन दुईमा १७ विकेट लिदै प्रतियोगिताकै सर्बाेत्कृष्ट खेलाडी घोषित भए।

त्यस लगत्तै जिम्बाबवेमा भएको बिश्व कप छनोट प्रतियोगितामा पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तर्ता दिदै समग्रमा १३ विकेट लिए। सोही प्रतियोगिताबाट एसोसिएट टोली मध्ये शीर्ष चारमा अटाउँदै नेपालले पहिलो पटक एक दिवसीय टोलीको मान्यता पक्का गरेको थियो। नेपाली टोलीले पछिल्लो दुई बर्षमा हात पारेको सफलतामा उनी मुख्य खेलाडीका रुपमा स्थापित छन्। उनी सिनियर राष्ट्रिय टोलीबाट पछिल्लो एक बर्ष यता सर्बाधिक अन्तर्राष्ट्रिय विकेट लिने खेलाडी पनि हुन्।

दिल्ली डेयर डेभिल्सबाट आईपिएल खेलिरहेका सन्दीप बाँकी दुई खेल सकेर वेष्ट इन्डिजविरुद्धको मैत्रीपुर्ण खेलका लागि लन्डनतर्फ लाग्ने छन्। इङ्ल्यान्डका इयोन मोर्गानले कप्तानी गर्ने सन्दीपको टोलीमा पाकिस्तानका साहीद अफ्रिदी र सोहेब मालिक, बंगलादेशका तामिम इक्बाल, भारतका दीनेश कार्तिक र हार्दिक पान्ड्या, अफगानिस्तानका रासिद खान, न्यूजिल्यान्डका लुक रोंकी र मिचेल म्याक्लेन्घन तथा श्रीलंकाका थिसरा परेराले रहेका छन्।

वेष्ट इन्डिजको टोलीबाट सामुइल बद्रि, कार्लाेस ब्रेथवेट, क्रिस गेल, इभिन लेविस, मार्लाेन सामुयल्स र आन्द्रे रसेल लगायतका खेलाडीले खेल्ने छन्। बिश्व–११ टोलीमा समाबेश भएपछि सन्दीपले खुसी ब्यक्त गरेका छन्। ‘मलाई आज निकै खुशी लागेको छ’, सन्दीपले आईसिसीसँग भनेका छन्, ‘यो मेरो देश र नेपाली क्रिकेट समर्थकको सम्मान हो। यो अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केही गरिरहेको छ, भन्ने संकेत पनि हो।’

उनले बिश्व कपका चर्चित खेलाडीसँग ड्रेसिङ रुम शेयर गरेर खेल्न पाउनु आफ्ना लागि ठूलो अवसर भएको पनि बताएका छन्। ‘लन्डनको लर्ड्सलाई ‘होम अफ क्रिकेट’ भनिन्छ। लर्ड्समा खेल्ने सबै क्रिकेटरको सपना हुन्छ। सन् २०१६ मा त्यहा खेल्ने अवसर पाएको थिएँ’, सन्दीपले भनेका छन्, ‘यस पटक अन्तर्राष्ट्रिय क्रिकेटका टे«न्ड सेटरसँग खेल्न र आफ्नो अनुभव बाँड्न पाउने खवरले उत्साहित छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.