ओली-प्रचण्डले बालुवाटारमा रोपे 'एकता र समृद्धि'को बिरुवा
काठमाडौँ: दुई वाम पार्टी एक हुन लागेको दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बिरुवा रोपेका छन् ।
ओली र दाहालले मदन-आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा बिहीबार बालुवाटारमा वृक्षारोपण गरेका छन् । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एक-एकवटा जिन्को वाइलोवा नामक विरुवा रोपेका हुन् ।
पार्टी एकता संयोजन समितिका अन्य नेताहरुले पनि विभिन्न फलफूल र जडिबुटीका विरुवा रोपेका छन् जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ