प्रचण्डलाई बाबुरामको प्रश्न: जनयुद्धमा पछुताउँदै 'मदन' पथमा हिँडेको हो ?
![प्रचण्डलाई बाबुरामको प्रश्न: जनयुद्धमा पछुताउँदै 'मदन' पथमा हिँडेको हो ?](https://annapurnapost.prixacdn.net/media/albums/Baburam-prachanda_20180517073521_9m8BlmEENj.jpg)
काठमाडौँ: दुई कम्युनिस्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको घोषणा भइरहँदा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुख खोलेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् बाबुरामले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सैद्धान्तिक प्रश्न गरेका छन् ।
कुनै बेलाका सहयोद्धा बाबुरामले प्रचण्डलाई जनयुद्धबाट पछुताएको आरोप पनि लगाएका छन् । उनले २५ औँ स्मृति दिवसमा मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिँदै प्रचण्डमाथि प्रश्न गरेका हुन् ।
'नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५औँ स्मृति दिवसमा हार्दिक श्रद्धासुमन !', बाबुरामले भनेका छन्, 'आजैका दिन एमाले-माओवादी केन्द्र विलयको घोषणाको कुनै संकेतिक अर्थ? प्रचण्डले जबजविरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै 'मदनपथ' अंगीकार गरेको स्वीकारोक्ति हो? प्रष्ट पारियोस्!'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)