भिट्टोरियो डी सिकाका ५ सिनेमा

भिट्टोरियो डी सिकाका ५ सिनेमा

 द बाइसाइकल थिभ्स

सन् १९८४ मा निर्मित इटालियन सिनेमा हो, द बाइसाइकल थिभ्स । एउटा गरिब परिवारले सामना गर्नु परेको समस्यालाई फिल्मले देखाउन खोजेको छ । बाबु एन्टोनियो र छोरो ब्रुनो फिल्ममा मुख्य पात्र छन् । जागिर पाउनकै लागि एन्टोनियोले साइकल किन्छ । एक दिन काम गरिरहेको ठाउँबाट उसको साइकल हराउँछ । नयाँ साइकल किन्ने पैसा हुँदैन ऊसँग । साधन नभए जागिर हुँदैन । उसलाई आपत् पर्छ । यही आपत्लाई फिल्मको मुख्य विषय बनाइएको छ । फिल्मले सन् १९५० को ‘एकेडेमी अनरेरी अवार्ड’ नै जित्न सफल भएको थियो ।

 टु वुमन

अल्बर्टो मोरिभियाको पुस्तक टु वुमनको फिल्मी संस्करण हो फिल्म । युद्धको त्रासदीमा एउटा महिलाले आफ्नो दुई सन्तानलाई जोगाउन गरेको प्रयास फिल्मको मुख्य विषय हो । दोस्रो विश्वयुद्धका बेला रोममा पनि आक्रमण हुन्छ । रामकी एक महिला सेसिराले दुई छोरीसहित रोम छाड्छे । उनीहरू एक दुर्गम गाउँमा पुग्छन् । २२ डिसेम्बर १९६० मा रिलिज गरिएको यो सिनेमाले दोस्रो विश्वयुद्धमा सर्वसाधारणले भोग्नु परेको अप्ठ्यारोलाई चित्रित गरेको छ । फिल्ममा सोेफिया लोरेन, जिन पल बेलमोन्डोको भूमिका देख्न पाइन्छ ।

 म्यारिज इटालियन स्टाइल

एक सफल बिजनेसम्यान डोमेनिको र फिलुमेनाको प्रेमसम्बन्धलाई फिलुमेनाले देखाएको छ । फिलुमेना १७ वर्षीया युवती हुन्छे । उनीहरू प्रेमसम्बन्धमा पर्छन् । त्यसपछि एउटै अपार्टमेन्टमा पनि बस्न थाल्छन् । उसले गोप्य रूपमा तीनवटा बच्चासमेत जन्माउँछे । तर, उता डोमेनिकोचाहिँ अर्कै कुनै युवतीसँग विवाह गर्ने योजना बनाइरहेको हुन्छ । यस्तो अवस्थामा फिलुमेनाले अनेक हथकन्डा अपनाएर ऊसँगै विवाह गर्छे । सन् १९६४ मा रिलिज गरिएको यो फिल्म एक सय दुई मिनेट लामो छ ।

 मिराकल इन मिलान

फिल्मकी एक पात्र लोलोताको जिन्दगीमा एक नयाँ बच्चा आउँछ । यो बच्चा उसले जन्माएकी हुँदिन, भेट्टाएकी हुन्छे । केही वर्षपछि लोलोताको मृत्यु हुन्छ । भेट्टाएको केटो टोटो पनि हुर्किसकेको हुन्छ । उ टुहुरो बन्छ । लोलोताको प्रेमले ऊ पनि एकदमै दयालु र मायालु पनि हुन्छ । ऊ घरबार नभएका केटाहरूको ग्रुपमा पनि हिँड्छ । तर, एक समयपछि आफैंलाई सुधार्दै पनि लैजान्छ । एक सय मिनेट लामो यो फिल्म फेब्रुअरी ८, १९५१ मा रिलिज भएको थियो ।


 द भोयज

सन् १९७४ मा रिलिज गरिएको ड्रामा फिल्म हो, द भोयज । लुइगी पिरान्डेलोको यही नामको नोभेलमा आधारित छ यो फिल्म । एन्तोनियो ब्रागीको गाडी दुर्घटनामा मृत्यु हुन्छ । एन्तोनियोकी श्रीमती एन्ड्रिआना शोकमा पर्छे । फिल्मको कथा त्यति बेला मोडिन्छ जब एन्तोनियोको भाइ सेसरले विधवा भाउजूसँग ‘अफेयर’ गाँस्न थाल्छ । यो सम्बन्धको कुरा एन्तोनियो बिरामी भएर अस्पताल पुगेपछि डाक्टरले थाहा पाउँछ । सिसेरा उपचार गर्न नमिल्ने रोगबाट ग्रसितसमेत हुन्छे । उसलाई सेसरले हरेक कुरामा सहयोग गर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.