डम्पिङ क्षेत्र भरियो : उपत्यकामा फेरी फोहोरको चपेटामा

डम्पिङ क्षेत्र भरियो : उपत्यकामा फेरी फोहोरको चपेटामा

काठमाडौं  : उपत्यकाको फोहोर विर्सजन गर्ने नुवाकोटको ओखरपौवा ल्याण्डफिल्ड साइड भरिएको छ।त्यस क्षेत्रमा फोहोर विर्सजन गर्न झण्डै नसकिने अबस्थामा पुगेको छ।तर बैकल्पिक व्यवस्था भने अहिलेसम्म गरिएको छैन।जस्का कारण फेरी पनि उपत्यका फोहोरको चपेटामा पर्ने अवस्था देखापरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चीरीवावू महर्जनले बैकल्पिक व्यवस्थाका लागि ओखरपौवा भन्दा दुई किलोमीटर नजिकैको बन्चरेडाँडा चयन भए पनि सडक, ड्याम, रसायन लगायत भौतिक व्यवस्थापन नहुदाँ दुई महिना पछि काठमाडौं र ललितपुरको फोहोर नउठ्ने पक्कापक्की भएको बताए।काठमाडौं महानगरले व्यवस्थापन गरेको यस क्षेत्रलाई सरकारले पनि थप चासो दिएर व्यवस्थापन गर्न महर्जनले माग गरे।‘यो बिषय महानगरको क्षमता भन्दा माथिको कुरा हो।दुई महिनापछि उपत्यका फोहोरमय भएर आतंक नै मच्चिने अवस्था छ,’ उनले अन्नपूर्णसँग भने।काठमाडौंसँग सहकार्य गरी ललितपुरलेसमेत ओखरपौवामा फोहोर विर्सजन गर्दै आएको छ ।

वैकल्पिक व्यवस्थाको खोजीमा सरकार नतातेका कारण उपत्यकाबासी प्रदूषणको सिकार बन्ने अवस्था उत्पन्न भएको हो।२०६२ साल देखि दुई वर्षका लागि भनेर छुट्याइएको सिसडोलको ओखरपौवा क्षेत्रमा हालसम्म फोहोर विसर्जन गरिँदै आएको छ।काठमाडौं महानगरपालिकाका अनुसार काठमाडाै्बाट दैनिक एक हजार टन फोहोर उत्पादन हुने गर्छ।

यो अनुपातमा दुई महिना पछि ओखरपौवा क्षेत्र भरिन्छ।नुवाकोटकै बन्चरेडाँडालाई व्यवस्थापन गर्ने योजना बनाइएको भए पनि काठमाडौं नगरपालिकाले अहिलेसम्म यसतर्फ ठोस काम अघि बढाउन सकेको छैन।तयारी गर्न कम्तीमा एक बर्ष भन्दा बढी लाग्ने स्थिति छ।ललितपुरका मेयर महर्जनले तत्काल फोहोर फाल्ने व्यवस्था गर्न वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको ध्यानाकर्षणसमेत गराएका छन्।उपत्यकको फोहोर जनप्रतिनिधिसँग प्रत्यक्ष जोडिएको बिषय रहे पनि सरकारले दिगो व्यवस्थापनमा चासो नदिएको गुनासो महानगरको छ ।

दैनिक एक सय २० ट्रिपरले फोहोर त्यस क्षेत्रमा विर्सजन गरिदै आएको तथ्याङ्क महानगरको छ।काठमाडौं महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने तत्काललाई ओखरपौवामै केही महिनासम्म फोहोर विर्सजन गर्न सक्ने व्यवस्था गरिएको बताए।‘पछि भने समस्या हुने अवस्था छ।आन्तरिक व्यवस्थापन मात्र महानगरले गरेको छ।ठुलो बिषय भएकाले सरकारले तत्काल व्यवस्थापनमा सहयोग गर्नुको बिकल्प देखिँदैन,’ उनले भने।बैकल्पीक व्यवस्था गरिएको बन्चरेडाँडामा खासै ठूलो काम नभएको भनाई कार्कीको छ।‘

त्यहाँ पुग्ने बाटो र पुलका लागि सामान्य काम मात्र भएका छन्, केही बर्षदेखि खासै प्रगती भएकै छैन,’ उनले भने।बाटो लगायतका भौतिक संरचना निर्माण गर्न डेढ बर्ष लाग्ने भनाई महानगरको छ।फोहोरले कुहिएर निस्केको ढल कोल्पु खोलामा मिसिएको छ।यसको व्यवस्थापनमासमेत चुनौति थपिएको छ ।

व्यवस्थापनको समस्याका कारण हाल ओखरपौवामा गाडीबाट अरु फोहोर लैजानसमेत कठिन हुन थालेको छ।वातावरणविद् भुषण तुलधारले ल्याण्डफिल्ड भरिसक्दासमेत फोहोर व्यवस्थापनको बिकल्पलाई प्राथमिकता नदिइनु दुखत भएको बताए।‘तत्काल वातावरणीय क्षेत्रको प्रभावलाई समेत मुल्याङ्कन गरेर विर्सजन क्षेत्रलाई दिगो रुपमा व्यवस्थापन गर्नुपर्ने अबस्था छ,’ तुलधारले सुझाव दिँदै भने।कुहिने र नकुहिने फोहोरलाई छुट्याएर फोहोर व्यवस्थापनको दीर्घकालिन उपाय अवलम्बन नगर्दा समेत ल्याण्डफिल्ड क्षेत्र चाँडै भरिने गरेको पाइएको छ।

यता काठमाडौं महानगर, दक्षिणकाली, चन्द्रगिरि, नागार्जुन, तारकेश्वर, टोखा, बूढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंकरापुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्न लगानी बोर्ड र नेपवेस्ट कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) पनि भएको छ।तर ल्याण्डफिल्ड क्षेत्र नहुँदा कसरी व्यवस्थापन गर्ने भन्ने जटील समस्या पैदा भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.