चार बर्षपछि कन्चनजंगाको आरोहण

चार बर्षपछि कन्चनजंगाको आरोहण

काठमाडौं : सर्वोच्च तेस्रो अग्लो शिखर कन्चनजंगा हिमाल (८५८६) को चार वर्षपछि आरोहण भएको छ। बिहीबार दुई नेपाली र तीन रसियाका आरोहीले आरोहण गरेका हुन्। चार बर्षसम्म आरोहण हुन नसकेको कन्चनजंगा हिमालमा यस बर्ष संखुवासभाका लाक्पा शेर्पा, पेमाछिरिङ शेर्पा, अस्ट्रेलियाका कृस बर्के, जर्मनका हर्वेट र रसियाका सेरर्जेले आरोहण गरेको सेभेन समिट ट्रेकिङ एजेन्सीका प्रमुख मिङमा शेर्पाले बताए। आरोही पाँच जनो बुधबार साँझ ५ बजे चुचुरोमा पुगेका हुन्। 

यो बसन्त ऋतुका लागि ५ आरोहण दलका ४४ जना आरोहीले पर्यटन विभागसँग आरोहणका लागि अनुमती लिएका छन्। विभागले सरकारी प्रतिनिधिको रुपमा खटाएको सम्पर्क अधिकृत सन्तोष मोक्तानले भने आरोहण बारे कुनै जानकारी नभएको बताए। काठमाडौंमै रहेका अधिकृत मोक्तानले आरोहण भयो भन्ने सुने तर पुर्ण जानकारी छैन। प्राविधिक कठिनाइले गर्दा कम आरोहण हुने गरेको यो हिमालमा हालसम्म तीन सय ४४ जनाले मात्र आरोहण गरेका छन्।

आरोहणको क्रममा सन् २०१३ र १४ मा लगातार दुर्घटना भएको थियो। कञ्चनजंगामा सन् २०१३ र १४ मा आरोहण गरेर फर्कने क्रममा ८ जनाले ज्यान गुमाएका थिए। त्यसपछि कन्चनजंगा, यालुङ काङ (८५०५ मीटर) , कन्चनजंगा साउथ (८४७६ मीटर), कन्चनजंगा सेन्ट्रल (८४७३ मीटर, र यालुङ काङ वेस्ट (८०७७ मीटर) समेत चार बर्षदेखि प्रभावित बनेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.