अब कम्युनिस्ट भर्सेज प्रजातान्त्रिक शक्ति

अब कम्युनिस्ट भर्सेज प्रजातान्त्रिक शक्ति

कांग्रेसका लागि अवसर चुनौती दुवै 

काठमाडौँ: नेकपा एमाले र नेकपा माआवादी केन्द्रको एकतामा नेपाली कांग्रेसले सकारात्मक धारणा राखेको छ। कांग्रेसका नेताले 'दुई पार्टी प्रणाली'को प्रस्थानबिन्दु भएको बताएका छन्। ठूला र शक्तिशाली देशमा भएजस्तै नेपालमा कम्युनिष्ट र लोकतान्त्रिक गरी दुई दल मात्र हुने कांग्रेस नेताहरुको विश्लेषण छ।  

'दुई पार्टी प्रणालीको प्रस्थान बिन्दु'

कांग्रेसका नेता धनराज गुरुङले एमाले र माआवादी एकता मुलुक 'दुई पार्टी प्रणाली' मा जाने प्रस्थान बिन्दु भएको बताए। ‘अब कम्युनिस्ट भर्सेज प्रजातान्त्रिक  शक्ति हुन्छ,’ उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘मुलुकको लागि यो राम्रो कुरा हो।’

उता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुक 'दुई पार्टी प्रणाली' मा जान सक्ने सम्भावना अस्वीकार नगरे पनि अहिले त्यसो भनिहाल्नु हतारो हुने प्रतिक्रिया दिएका छन्। ‘यो एकीकरणले कांग्रेस नेतृत्वमा लोकतान्त्रिक र कम्युनिस्ट दुई मात्रै पार्टी बन्ने लक्षण त देखिएको छ', कांग्रेस प्रवक्ता शर्माले भने, 'तर, अहिले नै हाम्रो जस्तो मुलुक दुई पार्टी 'सिस्टम'मा गइहाल्छ भन्नुचाँहि हतारो हुन्छ।’ 

कांग्रेसलाई अवसर-चुनौती दुवै 

एमाले र माओवादी केन्द्रको एकता कांग्रेसका लागि चुनौती र अवसर दुवै भएको उनीहरुले बताएका छन्। कांग्रेस प्रवक्ता शर्माले दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण कांग्रेसको लागि चुनौती र अवसर दुवै भएको बताएका छन्।

‘एकातिर आफ्ना प्रतिस्पर्धी दुई ठूला दल मिल्नु कांग्रेसलाई चुनौती हो,’ उनले भने, ‘अर्कातिर दुई ठूला दल मिल्नुलाई सकारात्मकरुपमा लिएर नवीन र आत्मावोध गरी आफुलाई सुधार्ने दिशामा जाने अवसर हो।’ 

शर्माले एमाले-माओवादी एकताबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। उनले कम्प्युनिस्ट पार्टीको एकताले कांग्रेसलाई रुपान्तरण गर्न सहयोग मिल्ने पनि बताए। ‘एमाले-माओवादी एकताले लोकतन्त्र बलियो बनाउँछ', शर्माले भने, 'यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं।’

नेता धनराज गुरुङले प्रतिस्पर्धी पार्टी जोडिनु कांग्रेसलाई चुनौती र अवसर दुवै भएको बताए। ‘यसले हामीलाई एकजुट हुने मौका प्रदान गरेको छ, त्यसमा सबैले चिन्तन मनन गर्नु पर्छ,’उनले भने।  उनले कम्युनिस्ट पार्टीको एकताले मुलुकमा नेपाली राजनीतिकमा सकारात्मक सन्देश दिएको बताए। गुरुङले एकताले मुलुकमा राजनीतिक स्थिरता आउनु सकारात्मक भएको बताए। 

अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले एमाले-माओवादी केन्द्रको एकतालाई सकारात्मक भन्दै कांग्रेसलाई सुदृढ र सशक्त बनाउन सहयोग मिल्ने बताए।  उनले एकता दीगो हुनुपर्ने पनि उल्लेख गरे। 

‘खुसी र हाँसो बिछोड नबनोस’ 

नेता गुरुङले  स्थानीय, प्रदेश र संघीय तीनै तहमा कम्युनिस्टहरुको बहुमत भएकोले अहमतातर्फ नजान समेत सुझाव दिए। ‘अधिनायकवाद, सर्वसत्तावाद र कम्युनिस्ट जनवाद लाद्ने काम नहोस, एकताले अहमतर्फ नजागोस्’ नेता गुरुङले भने,‘खुसी सधैँ रहोस, हाँसो विछोड्मा पनि परिणत नहोस।’

उनले बहुलवादसहितको बहुदलीय लोकतन्त्र, कानुनी शासन, संसदीय व्यवस्था गर्दै समृद्ध नेपाल, सुखी नेपाली चाहना पुरा गर्न एकता सार्थक होस बन्ने शुभकामना दिए।  गुरुङले प्रतिपक्षको सम्मान, सुझाव र सहकार्य गर्ने काम वातावरण बनाउन सल्लाह दिए। युवा नेता गुरुङले कांग्रेस संविधानको संरक्षण, सम्बर्द्धन र कार्यान्वयनका सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए। 

उनले कांग्रेसले सकारात्मक रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।‘हामी सकारात्मक भूमिका निर्वाह नगर्न तयार छौ, त्यो वातावरण कम्युनिष्टहरुले बनाउनु परयो।’उनले भने। 

मोदी भ्रमणको विरोध गर्नु हीनताबोध 

युवा नेता गुरुङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर सरकार र प्रधानमन्त्री ओलीको विरोध गर्नु हीनताबोधको उपज भएको बताए। कांग्रेसले ओलीलाई लम्पसारवादीका संज्ञा दिइएको रहेको सम्बन्धमा युवा नेता गुरुङले यो कांग्रेसको आधिकारिक धारणा नभएको बताए। ‘हिजो देउवाको र आज ओलीको विरोध गर्नु दुवै गलत हो, हामीले पाहुनाको सम्मान गर्न जान्नुपर्छ।’ 

नेताले गुरुङ नयाँ कम्युनिष्ट पार्टीको घोषणा पत्रमा छिमेकीसँगको बराबरी र समान दुरीको सम्बन्ध राख्ने स्पष्ट गरिएकोले मोदी भ्रमणमा सरकारको आलोचना गर्नुको औचित्य नरहेको बताए। 

‘स्वाधीनता, सर्वोभौमसत्ता र पञ्चशीलका आधारमा विदेशनीति बनाइने कुरा घोषणा पत्रमा लेखिएकोले धेरै शंका गर्नु हुँदैन', उनले भने। 

उता अर्का नेता धनराज गुरुङले मोदी भ्रमणमा भारतीय सेना नेपाल ल्याउनु लगायत धेरै गल्ती सरकारले गरेको बताए। ‘मधेसी, पहाडीबीचको भावना पुनः सृजना गर्नु, विनम्र विरोधमा दमन गर्नु, मिडियामाथि हर्कत गर्नु मोदी भ्रमण भएका कमजोरी हुन्,’ उनले भने, 'मुक्तिनाथबाट मोदी फर्केपछि पनि भारतीय सेना बस्नुले अझ शंका उब्जाएको छ।’ 

उनले मोदी भ्रमणका क्रममा विनम्र विरोधस्वरुप राखिएको व्यानर हटाउनुले अधिनायकवादको संकेत गरेको बताए। ‘अधिनायकवादको यात्रा सबैलाई लागि हानिकारक हुन्छ, त्यो सबैले बुझ्नु पर्छ', गुरुङले सुझाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.