हेड सरले विद्यार्थीलाई कुटपिट गरी पिसाव खुवाए

हेड सरले विद्यार्थीलाई कुटपिट गरी पिसाव खुवाए

प्रधानध्यापक पदबाट बर्खास्त

रामेछापः लिखु तामाकोसी गाउँपालिका धोबीस्थित झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबल बहादुर तिमिल्सिनाले आफ्नै विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाव खुवाएर यातना दिएको खुलासा भएको छ । 

पीडित विद्यार्थीहरुले प्रधानध्यापकको अत्याचार सहन नसकी शुत्रबार धोवी प्रहरी कार्यालयमा उजुरी दिएपछि यो कुरा बाहिर आएको हो । गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काका अनुसार प्रधानध्यापक तिमिल्सिनाले कक्षा ७ मा अध्ययनरत बुद्ध तामाङ र लाक्पा तामाङलाई निर्घात कुटपिट गरी पिसाव पिउन बाध्य बनाएका खुलेको हो । 

प्रधानध्यापक तिमिल्सिनाले आफूले उछृंखल गतिविधी गर्ने विद्यार्थीलाई सामान्य कारबाही गरेको दाबी गरेका छन् । उनका अनुसार जेठ १ गते कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरु बुद्ध तामाङ, लाक्पा तामाङ र गणेश बुढाथोकी मिलेर आफ्नै साथी साङवीर तामाङलाई मिनरल वाटर बोतलमा पिसाव र थुक मिसाएर खुवाएको खुलेपछि उनीहरुलाई पनि त्यही पानी पिउन दिएको बताए । 

पिसाव पिउन नमानेपछि पाइपको टुक्राले सामान्य हिर्काएको उनले स्वीकारे गरे । कारबाहीका क्रममा बोतलको पानी बुद्ध र लाक्पाले पिए पनि गणेशले पिउन नमानेपछि पिसाव नै भएको विद्यार्थीले स्वीकारेको उनले बताए । 

यस्तै प्रधानध्यापक तिमिल्सिनाले अर्का कक्षा ९ मा अध्ययनरत ममिता तामाङलाई जेठ २ गते आफ्नै साथीसँग झगडा गरेको भन्दै निर्घात कुटपिट गरेको खसलेको छ । 

विद्यार्थी ममिता गाँजा खाएर विद्यालय आईसाथीसँग झगडा गर्ने गरेको भन्दै कपालमा समातेर गालामा पाँच चड्कन हानेको स्वीकार गरे । 
यता विद्यालय व्यवस्थापन समितिले शुक्रबार छलफलको लागि तत्काल बैठक डाकेको थियो ।

प्रधानध्यापक बैठकमा नआएपछि बहुमतको आधारमा विद्यालय शिक्षकहरुको सहभागितामै प्रधानध्यापक पदबाट हटाइएको गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्काले जानकारी दिए । उनका अनुसार अब प्रहरीमा संयुक्त उजुरी दिई कारबाहीको सिफारिस गरिने उनले बताए । 

प्रधानध्यापक तिमिल्सिनाले आफुलाई विद्यालय ब्यवस्थापन समितिको बैठकबारेमा केही थाहा नभएको बताउँदै गाउँपालिका अध्यक्ष र वडाअध्यक्षसँग राम्रो सम्बन्ध नरहेकै कारण घटनालाई तोडमोड गरेर हटाउन खोजेको आरोप लगाए ।

प्रधानध्यापकबाट हटाउनकै लागि गाउँपालिका र वडा कार्यालयबाट यत्रो खेल खेलेर बस्न आवश्यक नरहेको पनि उनले जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.