सहकारी बैंकको ४२औं शाखा धनकुटामा

सहकारी बैंकको ४२औं शाखा धनकुटामा

धनकुटा : राष्ट्रिय सहकारी बैंकको ४२ औं शाखा धनकुटामा स्थापना भएको छ । प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेलले शुत्रबार बैंकको शाखा उद्घाटन गरेकी थिइन् । सो अवसरमा उनले विकास र संमृद्विका लागि सहकारी अपरिहार्य भएको बताइन् । सहकारीर्फत नै आर्थिक विकास सम्भव भएको भन्दै पोखरेलले अब प्रदेश तथा स्थानीय तहले सोही अनुसार नीति, ऐन,नियम, कानुन निर्माण गरेर अघि बढ्ने बताइन्। 

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी अपरिहार्य भएको बताए । आर्थिक क्रान्ति सुरु भएको र त्यसको नेतृत्व सहकारीले गर्ने उनको भनाई थियो । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सहकारी मुख्य आधार भएको पोखरेलले बताए। 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंंकका प्रबन्ध सञ्चालक केबी उप्रेती, सञ्चालक सरिता भट्टराई, रामहरि बजगाई लगायतको उपस्थित थियो । त्यस्तै कार्यक्रममा प्रदेश सदस्यको पनि उल्लेख्य सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.