चार वर्षपछि कञ्चनजंघा आरोहण

चार वर्षपछि कञ्चनजंघा आरोहण

काठमाडौं  ः विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमाल (८५८६)मा चार वर्षपछि फेरि आरोहण सुरु भएको छ । बिहीबार दुई नेपाली र तीन रसियन आरोहीले कञ्चनजंघाको आरोहण गरका हुन् । चार वर्षसम्म आरोहण हुन नसकेको कञ्चनजंघा हिमालमा यस वर्ष संखुवासभाका लाक्पा शेर्पा, पेमा छिरिङ शेर्पा, अस्ट्रेलियाका कृस बर्के, जर्मनीका हर्वेट र रसियाका सेरर्जेले आरोहण गरेको सेभेन समिट ट्रेकिङ एजेन्सीका प्रमुख मिङ्मा शेर्पाले बताए । पाँचै आरोही बुधबार साँझ ५ बजे चुचुरोमा पुगेको उनको भनाइ छ ।

यो वसन्त ऋतुका लागि पाँच आरोहण दलका ४४ आरोहीले पर्यटन विभागसँग कञ्चनजंघा आरोहणको अनुमति लिएका छन् । विभागमार्फत सरकारी प्रतिनिधिका रूपमा खटिएका सम्पर्क अधिकृत सन्तोष मोक्तानले भने आरोहणबारे आफूलाई कुनै जानकारी नभएको बताए । काठमाडौंमै रहेका मोक्तानले आरोहण भयो भन्ने सुनेको तर पूर्ण जानकारी नपाएको बताए । प्राविधिक कठिनाइले गर्दा कम आरोहण हुने गरेको यो हिमालमा हालसम्म तीन सय ४४ जनाले मात्र आरोहण गरेका छन् ।

आरोहणका क्रममा सन् २०१३ र १४ मा लगातार दुर्घटना भएको थियो । सन् २०१३ र १४ मा कञ्चनजंघा आरोहण गरी फर्कने क्रममा आठजनाले ज्यान गुमाएका थिए । दुर्घटनाकै कारण यस क्षेत्रका कन्चनजंघा, यालुङ काङ (८५०५ मिटर), कञ्चनजंघा साउथ (८४७६ मिटर), कञ्चनजंघा सेन्ट्रल (८४७३ मिटर, र यालुङ काङ वेस्ट (८०७७ मिटर)को आरोहण चार वर्षयता प्रभावित छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.