'केटीको लागि मर्यो नभन्नु' भन्दै १५ वर्षे किशोरले गरे आत्महत्या
जनकपुर : जनकपुरको भानुचौकस्थित मिथिला मन्टेश्वरी आवासीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक किशोरले आत्महत्या गरेका छन्।
जनकपुर उपमहानगरपालिका(१५ का रूपनारायण साहका १५ वर्षीय छोरा धीरेन्द्र साहले आइतबार बिहान आत्महत्या गरेका हुन्।
होस्टलमै बस्दै आएका धीरेन्द्र कोठामै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनले आत्महत्या गर्नुअघि सुसाइड नोट लेखेको फेला परेको छ ।
आत्महत्या गर्नुअघि धीरेन्द्रले लेखेको सुसाइड नोट
अंग्रेजीमा लेखिएको सुसाइड नोटमा उनले आफ्नै व्यक्तिगत कारणले मर्न लागेको उल्लेख गरेका छन् । उनले सुसाइड नोटमा लेखेका छन्, ‘म मर्न गइरहेको छु, यसको कुनै कारण छैन, यो मेरो व्यक्तिगत समस्या हो, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु।’ सुसाइड नोट तल उनले हस्ताक्षर पनि गरेका छन्।
मृतक शाहको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लैजाने तयारी गरिएको छ। उनको शोकमा जनकपुरका अधिकांश निजी विद्यालयमा छुट्टी दिइएको छ।