बालबालिकालाई किन पेट दुख्छ ?
कतिपय बालबालिका बारम्बार पेट दुखाइबाट प्रभावित भएको हामीले देखिरहेका हुन्छौं।खाएको कुरा पचाउन नसकेर उनीहरु दुखाइको मारमा परेका हुन्छन्।यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्ने सम्बन्धित चिकित्सक बताउँछन्।
सरसफाइ र खानामा राम्ररी ध्यान नदिँदा पेट दुख्ने गर्छ।खानपानमा विशेष ध्यान दिन सकिएन भने उनीहरु रोगको शिकार हुन बेर लाग्दैन।त्यसैले बालबालिकाको हेरचाहमा चनाखो हुनुपर्छ।उनीहरुको हरेक क्रियाकलापमा ध्यान दिनु आवश्कय छ।
दोहोरो कुरा गर्न नसक्ने अवस्थाका बालबालिका बढी प्रभावित भएको पाइन्छ।तर उनीहरुले शारीरिक हाउभाउबाट सन्चो नभएको बताइरहेका हुन्छन्।त्यसैले उनीहरुको हरेक क्रियाकलाप बुझ्नुपर्छ।
पेट दुखाइले दु:ख दिइरहेको छ भने छिटोभन्दा छिटो खानामा फेरबदल गरिदिनुपर्छ।काँचो र ठोस कुरा खुवाउनु हुँदैन।यसले पाचनशक्तिलाई झन् कमजोर बनाइदिन्छ।दुखाइ कम गर्न नुन चिनी पानी खुवाउन सकिन्छ।स्तानपान गर्ने बालबालिकालाई भने दूध चुसाइरहनुपर्छ।दूधबाट बच्चालाई ब्याक्टेरिया वा भाइरससँग लड्ने शक्ति मिल्छ।
पेटको समस्या भएका बालबालिकाको शरीरमा पानीको अभाव हुन्छ।त्यसैले यस्तो अवस्थामा प्रशस्त मात्रामा झोलिलो पदार्थ वा पानी खुवाइरहनुपर्छ।यस्तो अवस्थामा नरिवलको पानी खुवाउन पनि सकिन्छ।यसले पेट दुखेको सन्चो हुन्छ।
बालबालिका लागि जाउलो उत्तम परिकार मानिन्छ।त्यसैले जाउलोमा जोड दिनुपर्छ।चामलमा पसिनो गरी काटेको पालुंगो,गाँजर, साग मिसाएर जाउलो पकाउन सकिन्छ।जाउलो खुवाउँदा पचाउन सजिलो हुने र दुखेको पेट पनि सन्चो हुन्छ।छिटो शक्ति दिने भएकाले बालबालिकालाई गेडागुडीको झोल पनि खुवाउन सकिन्छ।
बढ्दो उमेरका बालबालिकालाई बिहान उठ्ने वित्तिकै मह खुवाउनुपर्छ।महले पेटसम्बन्धी रोगबाट बचाउँछ।त्यस्तै रातभर भिजाएर राखेको बदाम पिसेर लेदो बनाएर खुवाउँदा तौल बढ्नुका साथै दिमाग तेजिलो हुन्छ।
बालबालिकालाई भिटामिन सीको आवश्यक पर्छ। सुन्तलामा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुँदा दिनमा एउटा सुन्तला खुवाउन सकिन्छ।बालबालिकाको उमेरअनुसार फलफूलका साथै हरिया सागसब्जीमा जोड दिनुपर्छ। नियमित केरा र मेवा खुवाउँदा तौल बढ्नुका साथै बालबालिका फूर्तिला हुन्छन्।
अदुवामा कयौं गुणकारी तत्व पाइन्छ।त्यसैले बालबालिकालाई अदुवा खुवाइरहनुपर्छ।यसले पेटसम्बन्धी रोग लाग्नबाट बचाउँछ।
त्यस्तै पेट दुखेको अवस्थामा थोरै मात्रामा जिराको रस खुवाउँदा लाभ हुन्छ।यसले पाचक क्रियालाई बलियो बनाउँछ।त्यस्तै पेट खराब हुँदा दही खुवाउन सकिन्छ।दहीमा भएका ब्याक्टेरियाले शरीरको सन्तुलन कायम राख्ने काम गर्छ।
त्यसैले खानपानमा विशेष ध्यान दिन सक्यौ भने बालबालिकालाई शारीरिक तथा मानसिकरुपमै सवल बनाउन सकिन्छ।