वडाध्यक्षको घरमा लक्षित गरी बम बिस्फोट, दुई घाइते

वडाध्यक्षको घरमा लक्षित गरी बम बिस्फोट, दुई घाइते

दमक ः झापाको दमक वडा नं. ७ का वडाध्यक्षको घरलाई लक्षित गरी बम बिस्फोट भएको छ । भीम पौड्यालको घरमा आइतबार राति बम बिस्फोट भएको हो । घरको च्यानगेटमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

 बेलुकी साढे ८ बजेट शक्तिशाली आवाज सहित बम बिस्फोट भएको थियो । इलाका प्रहरी कार्यालय दमकले बम बिस्फोट भएको पुष्टि गरेको छ । बिस्फोटबाट घर अगाडिको चेन गेटमा क्षती पुगेको छ । एल्मोनियमको टुक्रा भेटिएकोले घटनास्थलको प्रकृति हेर्दा कुकर बम बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ।

बम बिस्फोट कसले र किन गरायो भन्ने अझै खुल्न सकेको छैन । घटनाका बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिपक गिरिले बताए।

बम बिस्फोटमा परेर दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा श्यामकुमारी राई र तिलोचन पोखरेल रहेका छन् । उनीहरु दुबै जना श्रीमान् श्रीमती रहेको प्रहरीले जनाएको छ । राइ र पोखरेलको शरिरमा बिस्फोटको छर्रा लागेको छ ।

उनीहरु बेलुका दाजुको घरमा खाना खाएर फर्किदै गरेका थिए । उनिहरुको दुबै जनाको दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । राइ लाइफ लाइन अस्पतालमा काम गर्छिन्।

बिस्फोटको घटनालाई केही दिन अघि बल प्रयोग गरेर संरचना हटाउन नगरपालिकाले डोजर लगाएको घटनासँग जोडिएर हेरिएको छ । केही दिनबाट दमक–७ स्थित बजार क्षेत्रमा रहेका नगरपालिकाको ११ कठ्ठा जमिनमा निर्माण गरिएका संरचनाहरु बलप्रयोग गरी हटाउन सुरु गरेपछि त्यहाँ तनाव बन्दै गएको थियो । यहीँ कारण घटना भएको हो भन्ने पुष्टि नभए पनि यसका बिषयमा अनुमान गर्न सकिने गिरिले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.