खोल्साखोला धाएर पानीको जोहो
शान्तिनगर (दाङ) : दाङ शान्तिनगर गाउँपालिका १ गुन्डलेकी रामकला कनौ मगरले खोल्सा र खोलाहरू धाएर खानेपानीको जोहो गरेको वर्षौं भयो। ५२ वर्षीया कनौले बिहे गरेर आएदेखि अहिलेसम्म यसरी नै खानेपानीको जोहो गर्दै आएकी छन्। फागुनदेखि असारसम्म उनको दिनचर्या उठेदेखि साँझसम्म पानीको जोहो गर्नमै बित्छ।
वर्षायाममा घर नजिकैको खोलाको पानी खाने गरेको भए पनि सुक्खा लाग्दा पानी खोज्न पूरै गाउँ र आसपासका खोला, खोल्सा कोट्याउनुपर्ने अवस्था रहेको कनौ बताउँछिन्। पानीको समस्याले कनौले ६ जनाको परिवारलाई खानेपानी, घरमा पालिएका एक दर्जन गाईभैंसीलाई पानी खुवाउन निकै मुस्किल हुने गरेको दुखेसो पोखिन्।
पानीको सारै गाह्रो छ, शान्ती नगर १ मा रहेका खरेखोलामा कोट्याएर पानी भर्दै गरेकी कनौ मगरले भनिन, गाउँमा पानी नहँुदा यसरी नै पानी संकलन गर्ने गरेका छौ। बिहान आयो खोला खनेर पानी निकालेर गयो उनले भनिन, मान्छेले पशुले सबैले यहि पानी खाइरहेका छौ। पानीको समस्याले विहान भरी पानी खोज्न र वोकन ठिक्क हुने भन्दै अहिले सम्म गाउँमा खानेपानीको लागि कतैबाट ब्यवस्था नभएको बताइन। ‘नेताज्युहरूलाई पनि भनिरहेका छौ, उनले भनिन, सबैले हुन्छ भन्नु हुन्छ, तर कसैले योजना ल्याइदिनु भएको छैन। ‘आज यहाँ यो कुन्टे खोलामा पानी भेटियो र केहि राहात भएको छ, उनले भनिन, नत्र यो भन्दा १ घण्टा हिडेर त्यो तलको खोलाबाट पानी बोक्नु पर्छ, हाम्रा पीर कसैले बुझ्दैन, नेता ठूला भए जनताले पानी नै पाउँदिनम्।
शान्तिनगर १ गुण्डलेकै वरिसरा दर्लामीले(५७) पनि खोल्सा, खोला, जहार्दै खानेपानीको जोहो गर्न लागेको पनि धेरै वर्ष भइसक्यो। यही खोला खारेर पानी खादा खादा नाती पनाती भइसके तर पानीको समस्या टरेको छैन, उनीले भनिन, गाउँमा सरकार आयो भन्छन हामीलाई साझ बिहान पानीकै सुर्ताछ। दर्लामीले गाउँ नजिकमा रहेका देखि ४÷५ किलो मिटर टाढा रहेका खोलामा गएर खोलाको त्यो पनि खनेर निकालेको पानी ल्याउने गरेको बताइन। उनले आफनो गाउँमा सबै घरपरिवार यस्तै पानी खाएर बाँचिरहेको सुनाईन। खोलामा खनेर निकालेको पानी बालुवा सहितको धमिलो , फोहोर पानी हुन्छ, दर्लामीले भनिन, त्यसलाई घर लगेर संगालेर खाने गरेका छौ। पानीकै अभावका कारण परिवारका अन्य सदस्यहरू समेत पानी खोज्दै हिड्नु पर्ने अवस्था छ।
भूमी दर्लामीले गाउँलेहरू हिजो आज बिहानै पानीको खोजीमा निस्कने र दिउँसो मात्रै पानी वोकेर घर फर्कने गरेको बताइन। उनले गाउँमा खानेपानीको ब्यवस्था नहुदा खोलामा खनेर पानी निकाल्ने र त्यहि पानि खाने गरेको बताइन। उनले अहिले अरु काम भन्दा गाउँलेलाई पानीकै चटारो वढि रहेको जानकारी दिइन। गुन्डले गाउँ पुरै अहिले पानी वीना काकाकुल अबस्थामा रहेको छ। गाउँमा रहेका २१ घर परिवार पानीकै जोहो गर्न अहिले खोला खाली, खोल्सा खोज्ने गरेका छन। जिल्लामा अहिले पनि २५ प्रतिसत नागरिकले खानेपानीको सुविधा पाउन सकेका छैनन्। २५ प्रतिसत नागरिकले खानेपानीको जोहो यसै गरि गर्ने गरेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले जनाएको छ। दाङमा दैनिक ३ करोड लिटर पानीको माग भए पनि २ करोड २५ लाख लिटरको मात्रै आपुर्ती हुदै आएको छ।