दक्षिण कोरियामा गाैतम बुद्वको प्रतिमा अनावरण : भ्रम चिर्न र तिर्थायटनमा प्रचार हुने विश्वास

दक्षिण कोरियामा गाैतम बुद्वको प्रतिमा अनावरण : भ्रम चिर्न र तिर्थायटनमा प्रचार हुने विश्वास

दक्षिण कोरिया : दक्षिण कोरियाको योङईन शहरमा पहिलोपटक गौतम बुद्धको प्रतिमाको अनावरण गरिएको छ । योङईनको वाउछङसा गुम्बामा आइतबार पहिलोपटक नेपालबाट ल्याइएको बुद्धको प्रतिमा प्रतिस्थापन गरिएपछि अनावरण गरिएको हो।

राजधानी सउल देखि ४५ किलोमिटर दुरीमा रहेको पर्यटकीय गुम्बामा बुद्धको मुर्ती प्रतिस्थापन तथा अनावरण गर्दा हजारौ नेपाली र सोही संख्यामा कोरियन र विदेशी पर्यटक सहभागिता रहेको थियो ।  पञ्जेबाजा, जातीय बाजागाजासहित हजारौं मानिस गुम्बा परिसरमा नाचगान समेत गरेका थिए। 

नेपालबाट आएका सहित  कोरियाका दर्जनौ लामागुरु, संरक्षकक रहेका नेपाली दुतावासका महामहिम राजदूत, संयोजक अञ्जुकेसी, कोरिया पत्रकार महासंघका अध्यक्ष र गुम्बाका लामा गुरुले प्रतिमाको अनावरण गरेका थिए । अनावरण पछि बोल्दै राजदूत अर्जुन जङ्ग बहादुर सिंहले बुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्न र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

नेपालबाट बुद्धको प्रतिमा ल्याएर स्थापना गर्न गठित अभियानका संयोजक अञ्जु केसीले कोरियामा बुद्धको जन्मस्थल भारत हो भनेर धेरै कोरियनको दिमाग रहेको र त्यसलाई चिर्न मुर्ती प्रतिस्थापनले सघाउ पुग्ने बताइन्।

कोरियामा केही वर्ष अघिसम्म पनि यहाँको प्राथमिक विद्यालयको पाठयक्रममा बुद्ध भारतमा जन्मिएकोहो भनेर समाविष्ट रहेको थियो । तर पहिलो राजदूत कमल कोइरालाको पालामा नेपाली समूदायको पहलमा पाठयक्रमबाट हटाउने काम भएको थियो ।

यसैगरी पहिलोपटक बुद्धको मुर्ती प्रतिस्थापनपछि अनावरण गरिएकोमा धेरै नेपाली खुसि भएका छन्। यसले बुद्धको जन्मस्थल नेपाल हो भनेर चिनाउने मात्र नभई नेपालको पर्यटनमा टेवा पु¥याउने विश्वास पनि गरिएको छ । वर्षेनी लाखौ पर्यटकले अवलोकन गर्ने उक्त गुम्बामा नेपाली बुद्धको प्रतिमा स्थापना हुनु र विदेशमा पहिलो पटक नेपाली समूदायको आर्थिक सहयोगमा बुद्धको जन्मभुमि नेपाल हो भनेर प्रचार गर्न मुर्तीको नै प्रतिस्थापन हुदाँ अन्य मुलुकमा रहेका नेपालीलाईप नि हौसला प्रदान गर्ने कोरियावासी नेपालीको विस्वास छ ।

चार महिना अभियान नै चलाएर झण्डै एक करोड रुपैँया लागतमा बुद्ध प्रतिमा प्रतिस्थापन गरिएको हो। जसमा नेपाल सम्पर्क समितिको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्य तथा नेपाली दूतावासको संरक्षकत्व रहेको छ । अभियानका लागि कोरियामा कार्यरत नेपाली संघसंस्था र इपिएसकर्मीको सहयोग रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.