नक्‍कली फेसबुक बनाएर ठगी गर्ने पक्राउ

नक्‍कली फेसबुक  बनाएर ठगी गर्ने  पक्राउ

भोजपुर : सामाजिक सञ्जाल फेसबुकमार्फत पैसा लुट्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली फेसबुक प्रोफाइल खोली ठगी गर्ने टेम्केमैयुङ्ग गाउँपालिका-७ कोटकी २६ वर्षीय साबित्रा भुर्तेललाई प्रहरीले पक्राउ गरेको हो।

ठगी आरोपित भुर्तेलले आफन्त छिमेकी बहिनीको नाममा फेसबुक प्रोफाइल बनाएर विभिन्न बहानामा रकम असुल्ने गरेको खुल्न आएपछि उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।

सोधपुछ गर्दै जाँदा उनले आफू हेल्थ असिस्टेन्ट पढिरहेको र खर्चको अभाव भएको बताउँदै युवासँग रकम माग्ने गरेको खुलासा हुन आएको प्रहरीले बताएको छ।

फेसबुकमा कुराकानी हुँदै गएपछि शसस्त्र प्रहरीका दुई जवानले उनलाई १५-१५ हजार रकम दिएको बताइएको छ।यसअघि पनि आरोपित महिलाले विभिन्न बहानामा रकम माग्ने गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.