घुस लिँदै गर्दा जिशिअ पक्राउ

घुस लिँदै गर्दा जिशिअ पक्राउ

सुनसरी : सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

घुस लिँदै गरेको अवस्थामा सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए।

सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग 'विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने भन्दै ५० हजार हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको' प्रवक्ता भट्टराईले जानकारी दिए।

घुस दिने विद्यालय र प्रअको नाम भने अख्तियारले गोप्य राखेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.