इटहरीमा बस दुर्घटना : एकको मृत्यु, ३० भन्दा बढी घाइते

इटहरीमा बस दुर्घटना : एकको मृत्यु, ३० भन्दा बढी घाइते

इटहरी : सुनसरीको इटहरीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्। इटहरीबाट धरान गइरहेको बस सडकमै पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनास्थलमा एक जनाको शव पाइएको छ। च्यापिएर ती व्यक्तिको मृत्यु भएको बताइएको छ। टाउको फुटेका ती पुरुषको परिचय खुलेको छैन। 

दुर्घटनामा घाइते यात्रुहरुलाई धरानस्थित वीपी प्रतिष्ठान लगिएको छ। उनीहरुको यकिन विवरण आइसकेको छैन। 

तीव्र गति रहेको कारण अनियन्त्रित भएर बस पल्टेको हुन सक्ने इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर राजन कार्कीले जानकारी दिए। बसका चालक प्रहरी नियन्त्रणमा छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.