मन्त्री गरिब, श्रीमती करोडपति ! कसको नाममा कति सम्पत्ति ?

मन्त्री गरिब, श्रीमती करोडपति ! कसको नाममा कति सम्पत्ति ?

काठमाडौँ: नेपाल सरकारका अधिकांश मन्त्रीले सम्पत्ति श्रीमतीको नाम राखेका भेटिएको छ । केपी ओली नेतृत्वको सरकारमा मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांशको सम्पत्ति श्रीमतीको नाममा राखेको पाइएको छ। 

धेरै मन्त्रीले खुलाएको सम्पत्ति विवरणमा पनि श्रीमतीले कमाएको जिकिर गरिएको छ । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको विवरणमा समेत अधिकांश सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा देखाइएको छ ।  

प्रधानमन्त्रीको कमाइ पनि पत्नीको 

प्रधानमन्त्री ओलीको नाममा तलब भत्ता वापतको ४२ लाख रुपैयाँ मात्रै एभरेष्ट बैंक लिमिटेडमा रहेको सम्पत्ति विवरण उल्लेख छ । 

श्रीमती शाक्यको नाममा भक्तपुरको सूर्यविनायक-२ मा डेढ रोपनी जग्गामा २ तीन तले घर, झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा, १८ तोला सुन, माछापुच्छ्रे बैंकमा ४ लाख, प्रभु बैकमा ६ लाख रकम रहेको छ । 

प्रधानमन्त्री श्रीमती राधिकाको नाम २५ लाख सेयर पनि रहेको जनाइएको छ । सम्पत्ति विवरणमा प्रधानमन्त्री राधिकाले स्वआर्जनबाट कमाएको उल्लेख गरिएको छ । शाक्य नेपाल राष्ट्र बैंकको अवकाशप्राप्त प्रथम श्रेणीकी अधिकृत हुन् ।

रक्षामन्त्रीको पनि मिराको नाममा

रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक गरेको विवरण समेत अधिकांश सम्पत्ति श्रीमती मिरा ध्वँजु्को नाममा रहेको उल्लेख छ । रक्षामन्त्री पोखरेल झापाको चन्द्रगढीमा पैतृक सम्पत्ति वापत १२ कठ्ठा जग्गा र नेपाल इन्भेष्टमेन्ट बैकमा ७ लाख बचत मात्रै आफ्नो नाम रहेको उल्लेख गरेका छन् । 

करोडौँ सम्पत्ति भएका पोखरेलको अन्य सबै सम्पत्ति श्रीमती ध्वँजुको नाम छ । काठमाडौंको टोखा-६ धापासीमा २३ आनामा बनेको ३ तले घर, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना (माइतीबाट प्राप्त), धादिङको खानी खोलामा ४ रोपनी पाखो जग्गा श्रीमती ध्वँजुको नाममा छ ।  

मिराकै नाममा राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक र सानिमा बैंकमा गरी ६ लाख ४० हजार बचत रहेको उल्लेख छ । बरुण हाइड्रोमा १० हजार, कृषि विकास बैकमा २ सय, मोर्डन कन्या मल्टिपल कलेजमा ५ हजार सेयर पनि ध्वँजुकै नाम छ । 

२०२० सालयता ९ तोला सुन र २५ तोला चाँदी सम्पत्ति रहेको उल्लेख छ । मिराकै नाम माछापुच्छ्रे बैंकबाट घर बनाउन ३० लाख ऋण लिएको कुरा सम्पत्ति विवरणमा उल्लेख छ । 

बादलसँग दुई कुकुर 

गृहमन्त्री रामबहादुर थापाले सम्पत्ति समेत श्रीमती नैनकला थापाको नाममा रहेको उल्लेख गरिएको छ । चितवनको  भरतपुर-१० मा रहेको घर, भरतपुर-११ मा रहेको जग्गा, माथिल्लो तामाकोशीको १४६ कित्ता सेयर पनि श्रीमतिको नाम रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

सरस्वतीको नाममा 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको सम्पत्ति वितरणमा समेत श्रीमती सरस्वती ज्ञवालीको नाममा काठमाडौं-३१  शंखमुलमा ४ आना २ पैसा ३ दाममा २ तले घर रहेको उल्लेख गरिएको छ । 

२०६४ सालमा बुटवलको घरजग्गा बचेर २१ लाख घर किनेको जनाइएको छ । बैंकमा भने ज्ञवालीको व्यक्तिगत १४ लाख ८३ हजार ऋण रहेको समेत उल्लेख छ । एभरेष्ट बैकमा २ लाख ५७ हजार २८३ रुपैयाँ २२ पैसा र कृषि विकास बैंकमा २ हजार बचत रहेको जनाइएको छ । २५ सय पुस्तक समेत मन्त्री ज्ञवालीले सम्पत्ति विवरणमा समावेश गरेका छन् । 

मातृकाकी पनि श्रीमती धनी 

उद्योग वाणिज्य तथा आर्पूति मन्त्री मात्रिका यादवको समेत सम्पत्ति श्रीमती प्रमिलादेवी यादवको नाममा छ । सिरहाको रामनगर, धनुषाको सवेलामा १० कठ्ठा र ललितपुरको  चापाँगाउँमा ३ रोपनी ४ आना जग्गा श्रीमती प्रमिलाको नाममा छ । यादवको गाडी श्रीमती प्रमिलाको नाममा छ । 

धनी मन्त्रीको पनि उस्तै 

सबैभन्दा धनी मन्त्रीका रुपमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको सम्पत्ति श्रीमती एवम् प्रतिनिधि सभाका सांसद जुलीकुमारी महतोका नाममा छ । 

धुनुषाको जनकपुर-९ मा रहेको  साढे २ तले घर, ललितपुर २५ मा रहेको साढे २ तले घर जुलीकै नाममा छ । धनुषाको ८ बिघा, सिन्धुलीको ५ कठ्ठा ३ धुर, ललितपुर-२५ को २ रोपनी १३ आना ३ पैसा १ दाम, धोवीधाटको १ रोपनी ७ आना र धनुषाको जनकपुर-९ को ५ कठ्ठा १५ धुर समेत जुलीकै नाममा छ । 

गुडविल फाइनान्समा ७० हजार सेयर, एनभीपीएल प्रालिमा ३७ करोड, कर्पोरेट बैंक २ करोड ५० लाख, लक्ष्मी बैंकमा १ लाख ५० हजार, महिला अधिकार तथा विकास केन्द्र ५० लाखको सेयर पनि जुलीकै नाम छ । विभिन्न बैंकमा गरी २१ करोड ऋण पनि जुलीकै नाममा रहेको छ । 

विस्टको पनि श्रीमतीकै नाममा 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको काठमाडौं २६ समाखुसीमा रहेको घर श्रीमती प्रमिला श्रेष्ठको नाममा छ । श्रेष्ठको नाममा मेगा बैंकमा २६५ र कृषि विकास बैंकमा ४९ कित्ता सेयर रहेको छ । 

लालबाबुको साइकल 

संघीय ममिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितकी श्रीमती बिमला पण्डितको नाममा ललितपुरको भैँसेपाटीमा ४ आना जग्गा, बैकमा ३० लाख बचत, १० तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरिएको छ । 

लालबाबुको भने एउटा साइकल, २५ लाख बैंकमा बचत तथा विराटनगर ५ कोठे काठे घर र सर्लाहीमा सगोलको ४ बिघा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

अर्थमन्त्री आफैँ धनी 

अर्थमन्त्री डा.युवराज खतिवडाको भने अधिकांश सम्पत्ति आफैँ नाम छ  । तर पनि उनले समेत श्रीमतीको नाममा करोडौँ जोडेका छन् । 

श्रीमती कमला खतिवडाको नाममा काठमाडौं-४ मा १४ आना जग्गामा घर छ । यो घरजग्गा राष्ट्र संघको सेवामा काम गर्दा भएको आयबाट किनेको विवरणमा उल्लेख गरिएको छ।
 
भक्तपुर चाँगुनारायणमा खतिवडाको १२ आना ४५ लाख रुपैयाँमा संयुक्त राष्ट्र संघको तलवबाट जग्गा किनेको जनाएका छन्। यसैगरी संयुक्त राष्ट्र संघको आयबाटै श्रीमती कमलाको नाममा चाँगुनारायणमा १२ आना ४५ लाखमा रुपैयाँमा जग्गा किनेको पनि विवरणमा उल्लेख छ। 
 
श्रीमती कमलाको झापा गौराहदहमा ४ विघा ८ कठ्ठा जग्गा छ। यसको खरीद मूल्य २६ लाख रुपैयाँ रहेको देखाइएको छ। यसैगरी श्रीमती कमलाको नाममा दोलखाको जिरीमा ४ लाखको जग्गा किनिएको छ। यो जग्गा निजी बचतबाट किनिएको उल्लेख छ।

श्रीमती कमलासँग संयुक्त नाममा काठमाडौं कागेश्वरीमा चार रोपनी १ आना २ पैसा जग्गा किनेको पनि उल्लेख छ।

कानुन, न्याय तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङको अधिकांश सम्पत्ति श्रीमती उषाकला राईको नाम छ । काठमाडौंको गोकर्णेश्वर ८ मा रहेको साढे २ तले घर समेत उषाकलाको नाममा छ । तामाङको गाडी समेत उषाकलाको नाममा छ ।  मोरङको सुन्दरहरैचामा रहेको जग्गा जमिन उषाकलाकै नाममा छ । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले पनि अधिकांश सम्पत्ति श्रीमती यमा बञ्जाडेको नाममा छ । कपिलवस्तुको बाणगंगामा १५ कठ्ठा, रुपन्देहीको तिलोतमाको १२ कठ्ठा जग्गा यमा बञ्जाडेको नाममा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.