मन्त्री : को धनी, को ऋणमा ?

मन्त्री : को धनी, को ऋणमा ?

 काठमाडाैं :  सरकारले प्रधानमन्त्री केपी ओलीलगायत २२ मन्त्रीको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरेको छ। सरकार गठनको ९५ दिनपछि प्रधानमन्त्रीलगायत सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।

भ्रष्टचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सबै पदाधिकारीले तोकिएको निकायमा सम्पति विवरण बुझाउनुपर्ने प्रावधान छ। प्रावधानअनुसार प्रधानमन्त्री ओलीसहित सबै मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पति विवरण बुझाएका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रीको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरेको हो। सरकारको निर्णयअनुसार पारदर्शिता कायम गर्न मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए। गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलगायत सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

  • बढ्यो प्रधानमन्त्रीको सम्पत्ति
  • यातायातमन्त्री महासेठ अर्बपति
  • पर्यटनमन्त्री अधिकारीसँग सुन धेरै
  • परराष्ट्रमन्त्री ज्ञवालीका सम्पत्ति किताब पनि

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री ओलीको भक्तपुरको सूर्यविनायकमा ३÷३ तलाको दुई वटा पक्की घर रहेको छ। एक रोपनी जग्गामा बनेका ती घर प्रधानमन्त्री पत्नी राधिका शाक्यको नाममा छन्।

सूर्यविनायकमै प्रधानमन्त्रीको आधा रोपनी जग्गा समेत छ। झापाको पृथ्वीनगरमा शाक्यकै नाममा १० कट्ठा जग्गा रहेको छ। प्रधानमन्त्री ओलीको नाममा एभरेस्ट बैंकमा ४२ लाख मौज्दात रहेको विवरण सार्वजनिक गरिएको छ। जुन रकम उनको तलब बापतको रकम भएको उल्लेख छ। यसैगरि श्रीमती राधिकाको नाममा राष्ट्रिय वचत पत्र शीर्षकमा २५ लाख रूपैयाँ रहेको पाइएको छ।

बढ्यो प्रधानमन्त्रीको सम्पत्ति

प्रधानमन्त्री ओलीको सम्पत्ति २०७२ सालमा सोही पदमा हुँदाभन्दा बढेको पाइएको छ। २०७२ सालमा प्रधानमन्त्री हँुदा उनको एभरेस्ट बैंकमा ७ लाख रूपैयाँ मात्रै वचत रहेको थियो। अहिले सार्वजनिक भएको सम्पत्ति विवरणमा सोही बैंकमा वचत रकम ४२ लाख छ।

२०७२ सालमा १४ तोला सुन रहेकोमा प्रधानमन्त्रीको सम्पत्ति विवरणमा यसपटक १८ तोला सुन रहेको विवरण उल्लेख छ। प्रधानमन्त्रीको चार तोला सुन बढेको पाइएको हो।

यातायात मन्त्री महासेठ अर्बपति

सार्वजनिक गरिएको सम्पत्ति विवरणमा सरकारका मन्त्रीहरूमध्ये सबैभन्दा धनी मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ देखिएका छन्।

महासेठ र उनकी श्रीमतीको नाममा रहेको सम्पत्ति हेर्दा महासेठ अर्बपति मन्त्री देखिएका छन्। महतोका धनुषामा दुई वटा र ललितपुर महानगरपालिकामा गरी तीन वटा पक्की घर रहेका छन्।

महतोकी श्रीमती जुलीको नाममा धनुषाका विभिन्न स्थानमा निकै विघा जग्गा रहेको विवरण समेत सार्वजनिक भएको छ। महतोको सगोलमा रहेको सम्पत्ति पनि सयांै विघा रहेको पाइएको छ। जुलीको नाममा करोडौको सेयर समेत रहेको छ। महासेठको विवरणमा २ करोड ऋण लिएको पनि उल्लेख छ।

वहालवाला मन्त्रीहरूमा अर्थमन्त्री युवराज खतिवडा, कानुनमन्त्री शेरबहादुर तामाङ, रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, स्वास्थ्य तथा जनसख्ंया राज्यमन्त्री पद्मा अर्याल पनि धनी देखिएका छन्।

कतिपय मन्त्रीहरू चर्को ऋणमा

सार्वजनिक गरिएको विवरणअनुसार केही मन्त्रीले करोडौं र लाखौं रूपैयाँ ऋण लिएको पाइएको छ। उनीहरूले निर्वाचनको समयमा ऋण लिएको हुन सक्ने अनुमान सरकारी अधिकारीहरूले गरेका छन्।

कानुनमन्त्री तामाङ र र श्रममन्त्री विष्टले ७० लाख रूपैयाँ ऋण लिएको देखाएका छन्। यसैगरी रक्षामन्त्री पोखरेलले २० लाख, सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले १५ लाख, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १५ लाख, कृषि राज्यमन्त्री रामकुमारी चौधरीले ५ लाख रूपैयाँ ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख छ।

कस्को सम्पति कति 


१.प्रधानमन्त्री केपी शर्मा ओली

श्रीमती राधिका शाक्यको नाममा भक्तपुरमा ढेड रोपनी सहितको ३ तल्ला घर , झापा १० कट्ठा , प्रधानन्त्रीको नाममा वैङ्क व्यालेन्स ४२ लाख ,सुन १८ तोला , श्रीमती राधिका शाक्यको नाममा १० लाख मौज्दात, राधिकाको नाममा शेयर २५ लाख

२.रक्षा मन्त्री इश्वर पोख्रेल

टोखा ६ मा २३ आनामा वनेको ३ तले घर , जग्गाा झापामा १२ कट्ठा, भक्तपुरमा १ रोपनी , खानीखोलामा ४ रोपनी जग्गा श्रीमती मिरा पोख्रेलको नाममा सुन ९ तोला, चादी २५ तोला , शेयर १३ लाख वढि , ऋण २० लाख

३. गृह मन्त्री राम वहादुर थापा

श्रीमती नैनीकला थापाको नाममा चितवन भरतपुरमा घर, चितवनमा २३७ वर्गमीटर जग्गा , सुन ६ तोला, नगद ३ लाख ६० हजार , शेयर १४ हजार ६ सय , पाटीको एउटा गाडी


४. शिक्षा मन्त्री गिरीराज मणि पोख्रेल

खोटाङमा २२ रोपनी, वैङ्क मौज्दात झण्डै ४ लाख

५. वन तथा वातावरण मन्त्री शक्ति वहादुर वस्नेत

जाजरकोटमा घर, जग्गा १.८.०.०वर्ग मीटर जग्गा , स्कोरपियो गाडी पार्टीवाट प्राप्त , नगद १५ लाख , सुन ५ तोला, चादी १० केजी

६. भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ

श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा साढे २ तले घर, ललितपुरमा साढे दुई तले पक्की घर , धनुषा, सिन्धुली, र ललितपुरका विभिन्न स्थानमा करोडौ मूल्यको जग्गा , विभिन्न वैङ्कमा नगद ७२ लाख , सुन २७ तोला, चादी ढेड केजी, जवाहरात स्टोन भएको , श्रीमती जुलीको नाममा झण्डै ७ करोडको शेयर , सगोलमा १ सय ५० विगा जग्गा , ऋण २ करोड

७.उर्जा , जल श्रोत तथा सिचाई मन्त्री वर्षमान पुन

रोल्पा जंकोटका विभिन्न स्थानमा ३ वटा घर, जग्गा केहि रोपनी , सुन १५ तोला चादी २ केजी र नगद ७ लाख ५० हजार , हल्का सवारी चालक १

८.उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव

सिराहा रामनगरमा घर ,सिराहामा १ करोड भन्दा वढि मूल्यको जग्गा , सुन १६ तोला , ४ लाख वढि वैङ्क मौज्दात

९.अर्थ मन्त्री युवराज खतिवडा

कठमाडौ कामनपा ४ मा १९ आनामा वनेका दुइवटा घर । जग्गा भत्तःपुर र काठमाडौमा गरि २८ आना वढि जग्ग्गा, दोलखा र झापामा पनि लाखौ मूल्यको जग्गा , सुन १० तोला , चादी १ किलो, अम्ेरिकी डलर १०७०३ विभिन्न वैङेकमा गरि करोडौ वैङेक व्यालेन्स ,ऋण दिएको २४ लाख , मोटरकार

१०कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर वहादुर तामाङ

काठमाडौ गोकर्णेश्वरमा अढाई तले घर, खोटाङमा १०५ रोपनी जग्गा , काठमाडौ, सिन्धुुपाल्चोक, मोरङमा करोडौ मूल्यका जग्गा , सुुन ३० तोला, वैङ्क व्यालेन्स १ लाख २८ हजार , विभिन्न वैङ्कमा शेयर १५ लाख , ऋण ७० लाख , कार एउटा

११.कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल

कपिलवस्तुका विभिन्न स्थानमा ३ कट्ठा वढि जमीन , विभिन्न वैङकमा गरि झण्डै १५ लाख नगद , १० लाख वढिको शेयर, स्कूटर

१२.महिला वालवालिका तथा समाजकल्याण मन्त्री थममाया थापा

वेनी ८ मा घर , वैङ्क मौज्दात १५ हजार

१३.संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डित

मोरङ विराटनगर १२ मा १ कट्ठामा वनेको ५ कोठे घर, पैत्रिक सगोलमा ४ विघा जग्गा ,सुन १० तोला , चादी १५ तोला , वैङ्क मौज्दात श्रीमती विमलाको नाममा सहित ५५ लाख , काठमाडौ भैसेपाटीमा ४ आना जग्गा

१४.परराष्ट्र मन्त्री प्रदिप ज्ञावाली

कठमाडौ ३१ मा २ तले पक्की घर, सुन २ तोला, वैङ्क मौज्दात २ लाख ६० हजार

झण्डै १५ लाख ऋण

१५.युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार

पोखरामा ५ रोपनी वढि जग्गा, सुन ५० तोला , १३ लाख मौज्दात श्रीमती अञ्जु कुमार विश्वकर्माको नाममा ७ लाख ,ऋण दिएको ५ लाख

१६. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट

कामनपा २९ मा ४० लाखको जग्गा,गुल्मी इष्मामा २ कच्ची घर, गुल्मीको विभिन्न स्थानमा ५० रोपनी वढि जग्गा , सुनको सिक्री २, वाला २, टप ३४ सेट र औठी ३ वटा , विभिन्न वैङ्कमा शेयर , ऋण ७० लाख वढि

१७.संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी

पोखरा लेखनाथमा पैत्रिक घर , काठमाडौ वुढानीलकण्ठमा घर ,पोखरालेखजाथ मा ९४ रोपनी जग्गा , सुन ६० तोला, चादी ३० केजी ,वैङ्क मौज्दात २४ लाख ५७ हजार , शेयर ३२ लाख वरावरको , एउटा सानो कार

१८.सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल वास्कोटा

भक्तपुरमा एक तले पक्की घर, वनेपामा १० रोपनी भन्दा वढि जग्गा , सुन १७ तोला, चादी ६० तोला , शेयर सहित नगद मौज्दात झण्डै २० लाख , ऋण १५ लाख लिएको

१९.खानेपानी मन्त्री विना मगर

पती प्रकाश दाहालको नाममा चितवन भरतपुरमा २ कटठा र सासु सिता दाहालको नाममा भरतपुरमा १२ कट्ठा जग्गा ,। सुन ५ तोला, चादी १६ तोला , स्कुटर नगद छैन

२० संस्कृति पर्यटन राज्यमन्त्री धन वहादुर वुढा

डोल्पा र वाकेका विभिन्न स्थानमा ४ रोपनी वढि र ढेड कठ्टा जमीन , ४० लाखको हाइलक्स गाडी

२१.स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल

स्याङ्जा वालिङ १ मा १२ आना सहितको घर, शेयर १ लाख ७५ हजार , ऋा लिएको ८ लाख , जग्गा विभिन्न स्थानमा २ विगा भन्दा वढि , काठमाडौका विभिन्न स्थानमा झण्डै १० आना जग्गा, स्याङजा लगायतका ठाउमा झण्डै ७० रोपनी जग्गा सुन १५ तोला , चादी २० तोला , विभिन्न वैङकमा साढे ७ लाख मौज्दात , ट्याक्टर ३ वटा

२२ कृषि भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी

२ तोला सुन, ५५ तोला चादी , ऋण ५ लाख


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.