वडाध्यक्षले इन्जिनियर कुटेपछि राष्ट्रिय गौरवको योजना रोकियो

वडाध्यक्षले इन्जिनियर कुटेपछि राष्ट्रिय गौरवको योजना रोकियो

गाईघाटः नक्साकंन परिवर्तन गरेको भन्दै राष्ट्रिय गौरवको आयोजनाका इन्जिनियरमाथि बुधबार वडाध्यक्षले हातपात गरेपछि वैकल्पिक राजमार्ग निर्माण अवरुद्ध बनेको छ । 

धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदैै हेटौँडा जोड्ने वैकल्पिक राजमार्ग अन्तर्गतको चौदण्डी नगरपालिका–६ सातधारेमा त्यही वडाका अध्यक्ष कमलध्वज राईले निर्माण कम्पनी लामा एण्ड शर्मा जेभिका ईन्जिनियर सन्दीप विष्ट र किशोर केसीमाथि निर्माणस्थलमै कुटपिट गरेका हुन् ।

आफ्ना कर्मचारीमाथि हातपात गरेको विरोधमा कम्पनीले असुरक्षाको कारण देखाउँदै निर्माण अवरुद्ध गरेको हो । नक्सा परिवर्तनको विवादले चार महिनादेखि उक्त सडकखण्डमा निर्माणको काम बन्द हँुदै आएकामा मंगलबारदेखि सुरु भएको थियो । तर उक्त घटनापछि बुधबारदेखि निर्माण ठप्प भएको छ ।

वडा अध्यक्ष राईको घर सडकमा पर्ने भएपछि एलाईमेन्ट (नक्साकंन) परिवर्तन गर्न दिँदै आएको दबाब नमान्दा उनले ती दुई कर्मचारीलाई कुटेका हुन् । एक सय ३४ किलोमिटर सडक निर्माण गर्न करिब ६ अर्बको ठेक्का पाएको लामा एण्ड शर्माले अहिलेसम्म पूर्वी खण्डमा ४० प्रतिशत काम सम्पन्न गरिसकेकोछ ।

चार महिनादेखि बाटोको काम अवरुद्ध हुँदा निर्धारित समयमा कामक सक्न ठेकेदार कम्पनीलाई समस्या हँुदै आएको निर्माण कम्पनीले जनाएको छ । चतरा– गाईघाट–कटारी– सिन्धुली, हेटौडा सडकको पूर्वीखण्डमा एलाइमेन्ट परिवर्तन गर्न प्राविधिक कठिनाई भएको पनि कम्पनीले बताउँदै आएको छ ।

विवादकै कारण सातधारे सडकखण्डमा चार महिनादेखि निर्माण अवरुद्ध छ । लामा एण्ड शर्मा जेभीका डेपुटी म्यानेजर सीताराम दाहालले असुरक्षित भएपछि निर्माण रोकेको बताए । ‘सहयोग गर्नुपर्ने जनप्रतिनिधिबाटै कर्मचारी कुटिएपछि कसरी काम गर्नु ?’ उनले भने । 

काम गर्ने वातावरण बनेमा पुःन सुचारु गरिने उनले बताए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले घटनाबारे केही जानकारी नआएको बताए ।       


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.