राजविराज विमानस्थल २२ वर्षपछि सुचारु

राजविराज विमानस्थल २२ वर्षपछि सुचारु

राजविराज : २२ वर्षपछि राजविराज विमानस्थल पुनः सुचारु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र पूर्व नागरिक उड्ययन मन्त्री जितेन्द्र देवले बिहीबार विमानस्थलको संयुक्त रुपमा उद्‍घाटन गरेका हुन्।

बुधबार विराटनगरबाट राजविराज परीक्षण उडान गरेको श्री एअरलाइन्सले केही दिनमै नियमित उडान गर्ने एयराइन्सका प्रमुख सुधीर मित्तलले जानकारी दिए।

परीक्षण उडान

नेपाल नागरिक उड्ययन प्राधिकरणले कर्मचारी र प्राविधिकसहित राखेर पहिलो पटक बुधबार श्री एयरलाइन्सको ५० सिट क्षमताको ९ एन–एएमए जहाज सफलतापूर्वक परिक्षण उडान गरेको हो। विराटनगर विमानस्थलबाट उडान गरि दिउँसो ३:२५ बजे राजविराजमा अवतरण भएको थियो।

परीक्षण उडान गर्ने जानकारी पाएपछि पहिलो उडान हेर्न सयौं मानिस विमानस्थल वरपर भेला भएका थिए। उनीहरूले जहाज अवतरण गर्दा उडानमा आएका पाईलट र प्राविधिकलाई ताली बजाएर स्वागत गरेका थिए।

पहिलो उडानका क्रममा क्याप्टेन प्रज्जवल अधिकारी र राजेश श्रेष्ठ, क्यान अवजरभर डि. आर. निरौला, सिभिल ईञ्जिनियर सुरेन्द्र यादवलगायतको टोली आएका थिए। प्राविधिक पक्षको परिक्षणका लागि गरिएको उडान सफल भएको श्री एयरले जनाएको छ। क्याप्टेन अधिकारीले कर्मशियल उडानका लागि मैदान स्तरिय रहेको प्रतिक्रिया दिए।

सफल परिक्षण उडान सँगै राजविराजमा नियमित व्यवसायिक उडान गर्ने तयारी गरेको श्री एयरले जनाएको छ।

५२ देखि बन्द

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा उद्घाटन गरेको राजविराज विमानस्थल कच्ची धावनमार्गका कारण २०५२ बैसाखदेखि नियमित उडान हुन सकेको छैन्। त्यसअघि सोमबार र बिहीबार गरी हप्ताको दुई पटक काठमाडौं उडान हुँदै आएकोमा सो समेत बन्द भएपछि तत्कालीन सगरमाथा अञ्चलका नागरिक २२ वर्षदेखि विमान चढ्न विराटनगर र जनकपुर जाने गरेका छन्।

कच्ची धावनमार्गका कारण नियमित विमान नचलेपछि ५९ वर्षदेखि अलपत्र अवस्थामा रहेको विमानस्थलको धावनमार्ग पक्की बनाउन २०७३ साल असोजदेखि सुरु गरि ०७५ बैशाखमा सम्पन्न भएको हो। एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाई पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न भएपछि परिक्षण उडान गरिएको आयोजना प्रमुख महतोले बताए।

राजविराज बजारबाट चार किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिका ६ (साबिक इटहरी विष्णुपुर गाविस) मा रहेको राजविराज विमानस्थलका लागि स्थानीय रुद्रनारायण सिंहले ५५ बिघा जग्गा उपलब्ध गराएका हुन्। यो उडानले यहाँको बिकासमा नयाँ ढोका खुल्ने र विकासमा ठुलो टेवा पुर्‍याउने स्थानीय दिनेश यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.