कुकुर कुटेको आरोपमा क्यानडामा एक नेपालीलाई ९ महिनाको जेल !

कुकुर कुटेको आरोपमा क्यानडामा एक नेपालीलाई ९ महिनाको जेल !

काठमाडौं : क्यानडामा एक नेपालीलाई  कुकुर पिटेको आरोपमा ९ महिनाको जेल सजाय तोकिएको छ । पिटरवर्गको प्रान्तीय अदालतले नेपाली मुलका दीप विष्टलाई कुकुर कुटेको आरोपमा ९ महिनाको सजाय तोकिएको हो ।

ग्लाेबलन्यूजका अनुसार विष्टले क्यानडाको तीन पटक सम्म कुकुरलाई कुटेको थिए । उनले कुकुरलाई लात्तिले हानेको र कुटेको दृश्यहरु उनको अपार्टमेन्ट बिल्डिङको सीसी क्यामेरामा स्पष्ट देखिन्छ । पालेको डिजे नामक तीन वर्षीय कुकुरलाई लात्तिले हाने, पन्च हान्ने र हावामा फालिदिने गरेको दृश्य सीसी क्यामेरामा देखिएको छ । 

अदालतले सजाय सुनाउँदा विष्ट भने नेपालमा मुटुको उपचार गराइरहेका थिए । नेपाल आउनु अघि पिटरवर्गको  ३०३ अलिमर स्ट्रिट स्थित एक अपार्टमेन्टको सातौं तल्लामा  विष्ट बस्थे । 

न्यायाधीश पिटर हिस्कक्सले उक्त भिडियोले कायरता र घृणित कार्य देखाएको बताएका छन् । न्यायाधीस पिटरले उनलाई तीनपटक ९० दिनको दरले गरी नौ महिना जेल र जीवनभर घरपालुवा जनावर पाल्न प्रतिबन्ध लगाएको  सजाय सुनाएका छन् । 

 विष्टकी वकिल एन्जेला म्याकग्राथले कुकुर कुट्ने कार्य डरलाग्दो र भयानक रहेको बताएकी  छन् ।अदालतमा विष्टकी वकिल एन्जेलाले आफ्नो कार्यमा पछुतो मान्दै विष्टले लेखेको चिठी पढेर सुनाएकी थिइन् । जसमा उनले आफ्नो कुकुरलाई राम्रो बनाउनका लागि तालिम दिन मात्रै खोजेको उल्लेख गरेका थिए । उनले अदालतलाई उदारता देखाउन समेत आग्रह गरेका थिए ।

क्यानडामा जनावरलाई कुटेमा  ६० हजार डलर र दुई वर्षको कैदसम्मको सजाय हुने व्यवस्था छ ।   उक्त कुकुर अहिले बिष्टको पूर्वपत्नीसँग छ भने  बिष्टलाई पक्राउ गर्नको लागि वारेन्ट जारी गरिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.