राष्ट्रकविको आन्द्रामा घाउ

राष्ट्रकविको आन्द्रामा घाउ

नयाँ दिल्ली : भारतको हरियाणा राज्यस्थित मेदान्ता अस्पतालमा उपचारार्थ राष्ट्रकवि माधवप्रसाद घिमिरेको माथिपट्टिको आन्द्रामा घाउ देखिएको छ। उनका छोरा इन्दिबर घिमिरेका अनुसार इन्डोस्कोपी रिपोर्टबाट दुईवटा साना घाउ पत्ता लागेको हो। घिमिरेलाई बुधबार राति मेदान्ता भर्ना गरिएको हो।

‘इन्डोस्कोपी, क्लोनोस्कोपी तथा क्याप्सुल इन्डस्कोपी गरिएको छ। इन्डोस्कोपीको रिपोर्टबाट माथिपट्टिको आन्द्रामा सानो घाउ पत्ता लागेको हो। त्यसैबाट आन्तरिक रक्त श्राव हुनसक्ने अनुमान उपचारमा संलग्न चिकित्सकले गरेका छन्’, चिकित्सकलाई उद्धृत गर्दै छोरा इन्दिबरले अन्नपूर्णसँग भने।

‘यो घाउलाई लेजर बर्न प्रक्रियाबाट ठिक गर्ने चिकित्सकले भनेका छन्। कति पटकसम्म यो प्रक्रिया गर्ने त्यसबारे चिकित्सकले केही पनि भनेका छैनन्’, घिमिरेले भने। ‘क्याप्सुलइन्स्कोपी’ को रिपोर्ट आठ घण्टापछि आउने हुँदा त्यसको बारेमा पछि थाहा हुने पनि घिमिरेले बताए। ‘आत्तिनु पर्दैन सानो घाउ हो भनेका छन्’, चिकित्सकलाई उद्धृत गर्दै घिमिरेले भने।

बुधबार राति एयरपोर्टबाट सिधै मेदान्ता पु¥याइएका घिमिरेको स्वास्थ्य अवस्था अहिले स्थिर छ। घिमिरेको नाकबाट पाइप छिराएर पेट र आन्द्रा क्लिनिङ गरिएको थियो। मेदान्ताका वरिष्ठ चिकित्सक (ग्यास्ट्रो एन्टरोलाजिस्ट) रणधीर सुदको निगरानीमा ९९ वर्षीय घिमिरेको उपचार भइरहेको छ।

अस्पतालको एघारांै तल्लाको ५१३२ नम्बरको ‘हाइकेयर युनिट’मा राखेर घिमिरेको उपचार भइरहेको छ। उच्च रक्तचाप तथा दिशामा रगत देखा परेपछि विगत दुई सातादेखि ग्राण्डी अस्पतालामा उनको उपचार भइरहेको थियो। अस्पतालमा आएलगत्तै घिमिरेमा थप उर्जा देखिएको छोराले बताए।

‘यहाँ आएपछि रोग पत्ता लाग्छ, म ठिक भएर फर्कन्छु भन्नुभयो’, छोरा घिमिरेले बताए। ‘उहाँको इनर्जी लेभल र इच्छा शक्ति अहिले पनि उस्तै छ। माइल्ड एनेस्थेसिया दिएर जाँच गरिएको हुँदा बुबा केही बेर निदाउनु भएको थियो’, इन्दिबरले भने, ‘दिशा कालो थियो, अहिले यो पनि सामान्य छ।’

राष्ट्रकवि घिमिरेको स्वास्थ्य उपचारमा प्रधानमन्त्री केपी ओलीले चासो लिएका छन्। उपचारमा संलग्न चिकित्सक सुदसँग प्रधानमन्त्री ओलीले कुराकानी गरेको पनि अस्पताल स्रोतले जनाएको छ। ‘बिरामीको भिभिआइपी उपचार भइरहेको छ। उपचार बारे प्रधानमन्त्री ओलीले डा.सुदलाई फोन गर्नुभएको छ’ अस्पताल स्रोतले भन्यो। ओलीको निर्देशनलगत्तै घिमिरेलाई थप उपचारका लागि दिल्ली ल्याइएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.