हिमाल आरोहीलार्इ अक्सिजनमै धोका

हिमाल आरोहीलार्इ अक्सिजनमै धोका

काठमाडौं : न्यूनतम आवश्यकता र सय प्रतिशत ग्यारेन्टी मानिने अक्सिजनले धोखा दिएपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो नजिकैबाट १९ आरोही आधारशिविरमा ओर्लिएका छन्। ज्यान जोखिममा परेपछि उनीहरू ८ हजार ६ सय मिटरबाट आधारशिविरमा ओर्लिएका हुन्।

केही आरोहीले अरूले लगेको अक्सिजन प्रयोग गरी ज्यान बचाएको बताए। ज्यान जोखिममा परेर फर्किनेमा दशजना अमेरिकी आरोही र ९ जना शेर्पा गाइड छन्। जेठ ६ गते चुचुरो नजिकै पुगेर फर्केका उनीहरू अहिले आधारशिविरमा सुरक्षित छन्।

हिमाल आरोहणमा प्रयोग गर्न निर्माण गरिएको बेलायती ‘समिट कम्पनी’को अक्सिजनले धोका दिएको जोखिममा परेका आरोहीको भनाइ छ। ‘समिट कम्पनीको अक्सिजनले धोका दियो, मसहित १९ जना ज्यान बचाउन आधारशिविर फर्किएका हौं’, आरोही पानु शेर्पाले आधारशिविरबाट इमेलमार्फत् अन्नपूर्णलाई जानकारी गराए। तिब्बतको बाटो हुँदै चुचुरो पुग्ने लक्ष्य लिएर पुगेका अमेरिकी आरोही र नौजना शेर्पा गाइडलाई आठ हजार ६ सय मिटरमा पुग्दा एक्कासी अक्सिजनले धोका दिएको थियो।

आरोहणका क्रममा ८ हजार ६ सय मिटरमा पुर्‍याइएको समिट नामको अक्सिजनको ३९ बोटलमध्ये १० वटामा रेगुलेटरमा समस्या उत्पन्न भएको थियो।

हिमाल आरोहणमा अक्सिजनलाई न्यूनतम आवश्यकता र सय प्रतिशत ग्यारेन्टी मानिन्छ। अक्सिजनको गडबडीका कारण एक्स्ट्रिम क्लाइम्बर ट्रेकस एन्ड एक्स्पिडिसनका आरोही र नौजना शेर्पा गाइड आरोहण त्यागेर फर्केका हुन्।

अक्सिजनका कारण जिउज्यानको जोखिम र ठूलो आर्थिक क्षति बेहोर्नु परेको भन्दै विदेशी आरोहीले अदालत जाने चेतावनी दिएको शेर्पाले बताए। बेलायतमा निर्माण गरी नेपालमा भरेर प्रयोग गर्ने अक्सिजनको हेल्चक्राइका कारण गम्भीर धोका खाएको भन्दै आरोहीले क्षतिपूर्तिको मागसमेत गरेका छन्।

हिमाल आरोहण गर्दा हालसम्म बेलायतमा निर्माण गरिएको समिट, टोपआउट र रसियनको टोइस्क अक्सिजन प्रयोग हुँदै आएको छ। एक्स्ट्रिम क्लाइम्बर ट्रेक्स एन्ड एक्स्पिडिसनका मेनेजर पेम्बा शेर्पाले ‘समिट अक्सिजन’ अन्य आरोहीमासमेत समस्या देखिएको जानकारी दिए।

अरुन ट्रेकका निर्देशक थुप्देन शेर्पाले पनि अक्सिजनमा गम्भीर समस्या देखिएको बताए। ‘चार बोतल पड्कियो अन्यले काम दिएन। हामीले कम्पनीलाई स्पष्टीकरण पनि मागेका छौं’, उनले भने। यता समिट अक्सिजन कम्पनीका प्रतिनिधि निल ग्रिन उडले भने आफू नेपाल आएर मात्र अक्सिजनको अवस्था बुझेर प्रतिक्रिया दिने बताए। नेपालमा अक्सिजन भर्ने मात्र काम हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.