१७ वर्षमा बल्ल प्रसारण लाइन

१७ वर्षमा बल्ल प्रसारण लाइन

 ओखलढुंगा : खोटाङको बुइपा हुँदै ओखलढुंगा सदरमुकाम जोड्ने ३३ केभी विद्युत् प्रसारण लाइन १७ वर्षपछि सम्पन्न भएको छ। विवाद र आयोजनाको ढिलासुस्तीका कारण २०५७ सालमा सुरु भएको आयोजना सम्पन्न हुन १७ वर्ष लागेको हो।

आयोजना सम्पन्न भएपछि अहिले ओखलढुंगाको मोलुंग खोलाबाट उत्पादित विद्युत् केन्द्रीय आयोजनामा जोडिएको छ भने सदरमुकाम र आसपासमा विद्युत् विस्तार सुरु भएको छ।

२४ करोड लागतमा आयोजन सम्पन्न गरिएको प्रमुख चन्दवीर खड्काले जानकारी दिए। उनले विभिन्न स्थानमा आएका अवरोध र पहिले थालेर अलपत्र छोडिएको पूरा गर्नुपर्ने आयोजना भएकाले काम सम्पन्न गर्न समय लागेको बताए। ‘हामीले काम त गत पुसमै सम्पन्न गरेका हौं, अहिले विद्युत् प्रसारण सुरु भएको छ’, खड्काले भने।

केन्द्रीय विद्युत् प्रसारण लाइन ओखलढुंगा जोड्ने आयोजना सम्पन्न भएपछि ओखलढुंगामा विद्युत् नियमित भएको छ। आयोजनाको पर्खाइमा बसेका ओखलढुंगाका नागरिकलाई केन्द्रीय विद्युत् प्रसारण अयोजनाको बिजुली बाल्न १६ वर्ष कुर्नु प¥यो। आयोजनाको लापरवाहीले बुइपा–ओखलढुंगा खण्डमा पोल गाडिएको १५ वर्षसम्म तार टाँगिएको थिएन। चौतर्फी दबाबपछि दुई वर्षदेखि आयोजनाको कामले गति लिएको थियो। उदयपुरको जलजलेदेखि खोटाङको बुइपासम्मको प्रसारण लाइनमा सुधार र बुइपा सवस्टेसन चार्जको काम सकिएपछि ओखलढुंगातर्फको कामले तीव्रता पाएको हो। ओखलढुंगा खण्डमा सदरमुकाम ओखलढुंगामा विद्युत् वितरणका लागि सव स्टेसन समेत निर्माण गर्नु पर्ने भएकाले समयमा सव स्टेसनको काम नहुँदा आयोजना प्रभावित बनेको थियो।

सवस्टेसन बनेपछि प्रसारण लाइन स्टेसनमा जोडेर अन्यत्र विद्युत् वितरण गरिएको छ। सिद्धिचरण नगरपालिकालगायत अधिकांश आयोजना प्रभावित क्षेत्रमा विद्युतीकरणको काम सुरु भएको छ। चिसंखुगढी र मोलुंग गाउँपालिकाका वडास्तरमै विद्युत् विस्तारका योजना बनाइएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.