कांग्रेसका भ्रातृ संगठनमा गुटको आगो

कांग्रेसका भ्रातृ संगठनमा गुटको आगो

काठमाडौं ः कांग्रेसको भ्रातृ संगठन महिला संघमा पार्टी सभापति शेरबहादुर देउवानिकट अध्यक्ष उमा अधिकारीले महामन्त्रीमा मञ्जु खाँणलगायत आफूअनुकूल केही पदाधिकारी मनोनयन गरेपछि संघमा विवाद उत्पन्न भएको छ। मञ्जु देउवा समूहका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणकी पत्नी हुन्।

यसले कांग्रेसभित्र पछिल्लो समय चर्केको गुटबन्दीको प्रभाव भ्रातृ संगठनहरूमा समेत परेको प्रस्ट पारेको छ। पछिल्लो समय कांग्रेसका भ्रातृ संगठन नेविसंघ, महिला संघसँगै पार्टी सभापति देउवाले गठन गरेको अनुशासन समितिमा पनि विवाद देखिएको छ। अनुशासन समितिका संयोजक रमेश रिजालले पनि आन्तरिक कलहकै कारण पदबाट राजीनामा दिएका छन्।

यसअघि उपाध्यक्ष लगायतको मनोनयनमा असन्तुष्ट सिटौला समूह खाँणको नियुक्तिपछि आक्रोशित भएको छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट महामन्त्री धनकुमारी खतिवडा मनोनयनको विरोधमा उत्रिएकी छन्। महामन्त्री खतिवडाले भनिन्, ‘अध्यक्षको गल्तीविरुद्ध हामी लड्छौं।’ महिला संघको चुनावमा देउवा र सिटौला समूह मिलेका थिए। पदाधिकारी मनोनयनमा देउवा समूहले एकलौटी गरेको सिटौला समूहको आरोप छ।

१३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई बेवास्ता गर्दै सभापति देउवाले नेता कृष्णप्रसाद सिटौलासँग मिलेर नेविसंघ, महिला संघलगायत भ्रातृसंगठनलाई पूर्णता दिएका थिए। आम निर्वाचनपछि सिटौला नै देउवाविरुद्ध उत्रिएपछि त्यसको प्रभावस्वरूप भ्रातृ संगठनमा विवाद देखिन थालेका छन्।

केही समयअघि पार्टी सभापतिनिकट नेविसंघ अध्यक्ष नैनसिंह महरले पदाधिकारीसहित संघमा विभिन्न मनोनयन गरेपछि सिटौला समूहका महामन्त्री कुन्दन काफ्लेले विरोधमा उत्रेका छन्। काफ्ले भन्छन्, ‘हामीले छुट्टै बैठक गरेर अध्यक्ष महरले गरेका सबै निर्णय खारेज गरिसकेका छौं।’

अनुशासन समितिका संयोजक रमेश रिजालले पनि आन्तरिक कलहकै कारण पदबाट राजीनामा दिएका छन्।

निर्वाचनपछि वरिष्ठ नेता पौडेल र सिटौलाबीचको गठजोडले सभापति देउवा खेमा भ्रातृ संगठनमा पकड गुमाउँदै गएको छ। केही महिनाअघि निर्माण मजदुर संघ, नेपाल शिक्षक संघ, निजामती कर्मचारी संघ र यातायात मजदुर संघको नेतृत्वमा देउवा खेमा पराजित भयो भने पौडेल र सिटौला खेमाका उम्मेदवार नेतृत्वमा पुगेका छन्।

पोखरामा गत फागुन २० र २१ मा भएको निर्माण मजदुर संघको अधिवेशनमा पौडेल र सिटौला खेमाको सेट नै जेबी गुरुङको नेतृत्वमा ४३ सदस्यीय समिति निर्वाचित भएको थियो। गत चैत २ र ३ मा काठमाडौंमा भएको शिक्षक संघको अधिवेशनमा पनि पौडेल समूहका राजेन्द्रराज पौडेलको प्यानलले देउवा खेमाका प्यानललाई हराएको थियो। संघका पदाधिकारीमा देउवा पक्षका एक उम्मेदवार मात्र विजयी भएका थिए। पौडेल समूहलाई सिटौला समूहले सघाएको थियो।

चितवनमा गत चैत ४–७ मा भएको कर्मचारी संघको अधिवेशनले पनि सभापति पौडेल र सिटौला समूह नेतृत्वमा विजयी भएका थिए। देउवा समूहका राजेन्द्र बुढाथोकीलाई हराएर पौडेलनिकट गोपालप्रसाद पोखरेल नेतृत्वमा आएका थिए। पोखरामा गत चैत १६ र १७ मा भएको यातायात मजदुर संघको अधिवेशनमा पौडेल–सिटौला समूहका धर्म भण्डारी अध्यक्ष निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.