'सपना बाड्ने काम मात्र नहोस्'

'सपना बाड्ने काम मात्र नहोस्'

काठमाडौं : राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले  यो सरकार सपना बाड्न मात्र केन्द्रीत रहेको आरोप लगाएका छन् ।  नीति तथा कार्यक्रममा देश विकास गर्ने भन्दा पनि सपना बाड्ने हेतुले सरकार अघि बढेको उनले बताए।

नीति तथा कार्यक्रममाथि आफ्ना भनाई राख्दै यादवले  कम्युनिस्ट पार्टी सपना बाड्ने पार्टी भएको बताए । अहिले पनि सपना बाड्ने काम मात्र हुन सक्ने आशंका व्यक्त गरे । मधेसले बजेट नपाएको, सधैं उपेक्षित हुनुपरेको गुनासो गरे।
  
अहिलेसम्म मधेसले १७ प्रतिशत मात्र बजेट पाएको छ, यसले विकास निर्माणमा अफ्यारो पर्न सक्छ ।’ उनले भने ।  तराईमा  २०४० देखि ४० प्रतिशत बजेट कार्यान्वयन हुन नसकेको उनले बताए।
संमृद्व देश निर्माण गर्न सरकारले कृषिमा आत्मनिर्भर बनाउन खोजेपनि त्यसखाले आवश्यक पूर्वाधार निर्माण गर्न नसकेको प्रतिक्रिया दिए । सिचाई र मलको व्यवस्था गर्न सरकारले नसकेको उनले बताए ।  कृषिमा औद्योगिकरण र व्यवसायीकरण गर्न सिचाईको व्यवस्था अपरिहार्य भएको उनले बताए । पर्यटन र हाइड्रोपावर संमृद्विको आधार भएको भन्दै सरकारले त्यसतर्फ ध्यान केन्द्रीत गर्न नसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.