गोरेलाई आज पनि लगियो अदालत

गोरेलाई आज पनि लगियो अदालत

विराटनगर :  सुन तस्करी र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई शुत्रबार (आज) तेस्रो दिन पनि बयानका लागि जिल्ला अदालत मोरङ लगिएको छ।

बिहीबार र बुधबार दुई दिन बयान लिए पनि नसकिएपछि शुक्रबार पुन बयानकै लागि उनलाई अदालत लगिएको हो । गोरेलाई अदालत लैजाँदा र अदालतबाट निकाल्दा कडा सुरक्षा व्यवस्था अपनाउने गरिएको छ । आफूमाथि असुरक्षा बढेको भन्दै गोरेले मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा बस्न पाउनु पर्ने माग गरेपछि अदालत पु¥याउँदा र फर्काउँदा पनि सुरक्षा व्यवस्था कडा पार्ने गरिएको हो । बिहीबार सम्ममा गोरेसंग १६ पृष्ठको बयान लिइएको छ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रहोवरमा उनीसँग बयान लिने काम भइरहेको छ । गोरेको बयान शुक्रबार सकिए आइतबार थुनछेक बहस हुने अदालत स्रोतले बतायो । सुन तस्करी र सनम हत्या प्रकरणमा ६३ अभियुक्तविरुद्ध सुन तस्करी र सनम हत्या काण्डमा जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबाार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत बैशाख १९ गते मुद्धा दर्ता गरिएको थियो । जसमा एसएसपी श्यामबहादुर खत्री सहित ३२ जना अझै फरार रहेका छन् । मंगलबार पक्राउ परेका गोरे अदालतमा बयान दिइरहेका छन् । २८ जना पुर्पक्षका लागि थुनामा छन् । दुई जना धरौटी र साधारण तारेखमा छुटिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.