गोरेलाई आज पनि बयानका लागि अदालत लगियो

गोरेलाई आज पनि बयानका लागि अदालत लगियो

विराटनगर : सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) लाई आज चौँथो दिन पनि बयानका लागि जिल्ला अदालत मोरङ पुर्‍याइएको छ। उच्च सुरक्षासहित गोरेलाई आइतबार बिहान अदालत पुर्‍याइएको हो।

उनीसँगको बयान आजै सक्ने अदालतको तयारी छ। जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा गोरेसँग गत बुधबारदेखि बयान लिने काम भइइरहेको छ। उनीसँग अदालतले यस अघि २७ पृष्ठको बयान लिइसकेको छ। निमित्त श्रेस्तेदार केदार गौतमले मुद्दाका प्रतिवादी धेरै भएको र मुद्दा पनि ठूलो भएका कारण मुख्य अभियुक्तसँगको बयान लम्बिएको बताए।

गोरेको बयान लिइसकेपछि वादी र प्रतिवादीबीचका वकिलबीच थुनछेक बहस सुरु हुने छ। त्यसपछि अदालतबाट गोरेका सम्बन्धमा आदेश आउने जानकारी गौतमले दिए। सवाल जवाफका क्रममा त्रुटि नहोस् र कुरा नछुटोस् भन्नका लागि मिहिन ढंगबाट बयान लिने काम भइरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.