धामिर्क पर्यटकीय क्षेत्रको प्रचार गर्न साइकलयात्रा

धामिर्क पर्यटकीय क्षेत्रको प्रचार गर्न साइकलयात्रा

भोजपुर : युवा उमेरमा केही नयाँ काम गर्ने जोसजाँगर, हिम्मत, बल, परिश्रम हुन्छ।यस्तै जोसिला, आँटिला र हिम्मत राखेर नयाँ सोच, जोसजाँगरसाथ जन्मभूमि चिनाउने दृढ अठोटले २७ वर्षीय धनकुटेली युवा ओमप्रकाश बानियाँ यतिबेला पूर्वका विभिन्न पहाडी जिल्लामा साइकलयात्रामा निस्किएका छन्।

धनकुटाको कात्तिकेमा ०४८ साल जेठ १ गते जन्मिएका ओमप्रकाश ०६९ सालमा वैदेशिक रोजगारको शिलशिलामा दोहा कतार पुगे। २१ वर्षको लक्का जवानीमै विदेशिएका ओमप्रकाश ६ वर्ष वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै केही गर्न उनी साइकल यात्रामा उत्रिएको बताए।

प्रदेश १ का १४ वटै जिल्लामा पुगेर त्यहाँको धार्मिक पर्यटनको सम्भावना बोक्ने स्थलको अवलोकन र त्यहाँको प्रचारप्रसार गर्नु उनको मूख्य लक्ष्य छ।

'पैसा नै सबैभन्दा ठूलो चिज होइन, पहिचान बनाउनु नै जीवनको ठूलो उपलब्धि हो' साइकलयात्री ओमप्रकाशले भने, 'विदेशमा अरुको गुलामी गर्नुभन्दा आफ्नै जन्मभूमिमा केही पसिना बगाउनु उचित लाग्यो।'

स्वदेशै फर्किएर यहाँको धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्र्धन गर्ने मेरो पहिलेदेखिकै इच्छा भएको बताए।गत वैशाख १९ गते सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट साइकलयात्रा सुरु गरेका ओमप्रकाश सुनसरी, मोरङ, झापा, धनकुटा हुँदै भोजपुर आइपुगेका छन्। यस्तै उनको यो साइकलयात्रालाई निरन्तरता दिने क्रममा खोटाङ, उदयपुरको कटारी, तेह्रथुम, पाँचथर, इलामदेखि ओखलढुङ्गा, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गाजस्ता हिमाली भेगलगायत प्रदेश १का सबै जिल्ला हुँदै काठमाडौँसम्म यात्रा रहने बताए।

विश्व साइकलयात्री पुष्कर शाहबाट प्रभावित ओमप्रकाशको साइकलयात्रा सकेर सबै धार्मिक पर्यटकीय महत्व बोक्ने क्षेत्रलाई समेट्दै यात्रा अनुभव बटुल्ने किसिमको किताब निकाल्ने सोच बनाएका छन्। भन्छन्, 'जसरी पुष्कर शाहले विश्व साइकलयात्रा गरेर नेपालको नाम राख्नुभयो, मेरो पनि त्यही इच्छा छ।'

ओमप्रकाशले साइकलको यात्राभर भोजपुरसम्म आइपुग्दा कच्ची बाटो र पानीझरीको सास्ती झेल्नुपरेको बताए।बाटोका रुट राम्रो भएको खण्डमा साइकलयात्रामा धेरै सहज हुने उनको बुझाइ छ। यात्राको क्रममा भोजपुर आइपुगेका उनी भोजपुरको सुन्तलेडाँडा, सिद्धकाली मन्दिर, ऐतिहासिक टक्सारक्षेत्र, टेम्केडाँडा, चखेवाडाँडा जस्ता धार्मिक पर्यटकीय सम्भावना बोकेका स्थलको अवलोकन सकी खोटाङ लाग्ने योजनामा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.