सुन तस्करी प्रकरण : ‘गोरे’ पुर्पक्षका लागि थुनामा

सुन तस्करी प्रकरण : ‘गोरे’ पुर्पक्षका लागि थुनामा

मोरङ : जिल्ला अदालत मोरङले सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लाई पुर्पक्षका लागि थुनामा पठाएको छ। चार दिनसम्मको बयानपछि थुनछेक बहसका क्रममा जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गोरेलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो।

सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डका एक अभियुक्ता  ‘गोरे’ सँग चारदिनसम्म बयान लिइएको हो । जिल्ला अदालत मोरङमा गत बुधबारदेखि सुरु भएको बयान आइतबार सकिएको हो । गोरेसँग जिल्ला अदालत मोरङका न्यायाधीश शर्माको इजलासमा ३७ पृष्ठ लामो बयान लिइएको छ। 

बयानका क्रममा गोरेले आफूले सनम शाक्यको हत्या नगरेको दाबीगरेका छन् । सुन तस्करीमा भने आफूले नाम लिएका व्यक्तिलाई पक्रन सरकारले हिम्मत जुटाउन सक्नुपर्ने बताएका छन् ।  तर, उनले नाम लिएका व्यक्तिहरुबारे केही पनि सार्वजनिक गरिएको छैन । गोरेले नेपालका केही नेता, व्यापारी र अन्डर वल्र्ड डन दाउद इब्राहिमको समेत नाम लिएको बताइए पनि यसबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । 

सम्बन्धित समाचार: ‘गोरे’सँग कनेक्सन भएका अर्का व्यक्ति पक्राउ

एमाले नेताले ‘गोरे’ सँग दुई लाख रुपैयाँ चन्दा लिएको दाबी

'माछा मार्न लगेको ब्याट्रीले करेन्ट लगाएर सनमको हत्या'

गोरेले मागे हिरासतमै सुरक्षा

३३ किलो सुन प्रकरण : रहस्यमय मोडमा अनुसन्धान

गोरेबाट मारिनुअघि सनमले भनेका थिएः त्यो केटीसँग लभ गर्नु मेरो गल्ती हो ?

जंगलमा करेन्ट लगाएर चरम यातना दिने क्रममा गरेको सबाल जबाफ

गोरेः अब केही  भन्नु छ ? 

सनमः  के भन्नु र,  गल्ती भएको भए पो भयो भन्नु, नगरेको गल्ती पनि ? राम्रो काम गर्दा सबै राम्रो केही भएन्, आज आएर त्यो केटीसँग लभ गर्नु मेरो गल्ती छ ? अरु मैले के गरेँ र ? भन त  

गोरेः ओके सुन सुन, म तिमीहरुलाई पैसा लिएर जाओ भन्ने मान्छे हो । नाइनास्ती थियो ? यस्लाई आफैँ दिन्थेँ,   तिमीहरुको गल्ती छ मिलोमतो छ, गल्ती छ यो स्वीकार  । 
सनमलाई करेन्ट लगाउदै गोरेः भन भन 

सनमः होइन के मैले, नग न, नगर,  राम्रो  काम गर्दा पनि  देख्दैन यार ।

करेन्ट लगाउँदै बेला बेला फकाउँदै 

गोरेः हिसाब किताव गर्ने हो, मानेलाई जति  कमाउँछु यसलाई दिन्छु तिमीलाई हेरि नै रहेको थिएँ  । दमकमा अफिस राखिदिए, यसलाई भार भयो भनेर एकाउन्टेन्ट पनि राखिदिएको थियो, एक लाख दिएर ६ लाख तिरेर ल्याएर आएको ,काम के हिसाब किताब गर्ने ? 
यातना दिँदै गर्दा गोली पट्के जस्तो आवाज आउँछ अनि  
गोरेः हान्यो होला फाइरिङ इदर उदर 

त्यहीँ रहेको अर्को सहयोगीः यस्तो कुरा  किन भन्नु भएन त ? 

गोरेः मलाई त यिनीहरुदेखि यति रिस उठ्छ की,  तँ मेरो को सबै भन्दा मिल्ने साथी होइन ?

सनमले साढे ३३ किलो सुन लुकाएको आरोपमा यातना दिएको भिडियो स्पष्ट देखिन्छ । सनम हत्यापछि सुन तस्करी सञ्जालबारेमा धेरै कुरा बाहिर आएको हो  । गृहमन्त्रालयले सुनकाण्डको यथार्थ छानविन गर्न ईश्वरी पौडेलको संयोजकत्व विशेष छानविन समिति गठन गरेको छ । 

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार  छन्  ।  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र प्रहरी जवान विष्णुबहादुर खड्का र पूर्वडीआईजी गोविन्दप्रसाद निरौला छन्।

उक्त घटनामा संलग्न भनिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री भने फरार रहेको अधिकारीहरुले जनाएका छन्।

अर्बौँको बिगो

मोरङ अदालतमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा  दर्ता गरिएको छ । पक्राउ परेका ८ प्रहरीसहित ३० जनाविरुद्ध मोरङ जिल्ला अदालतमा २७ बैशाखदेखि थुनछेक बहस सकिएपछि मंगलबार २८ जनालार्इ पुर्पक्षका लागि थुनामा पठाइएको छ । बाँकी दुर्इजना तारेखमा रिहा भएका छन् । 

झापाको दमकबाट ३१ वैशाखमा सुनका हुण्डी कारोबारीहरु विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठ पनि पक्राउ परेका छन् । जेठ ८ गते सुन तस्करी हत्याका  मुख्य नाइके गोरे पनि पक्राउ परेका छन् । 

तर साढे ३३ किली सुन कहाँ छ त त्यो अझै रहस्यमा छ । गोरे पक्राउ परिसकेपछि ६३ जनाको संलग्नता देखिएको छ । गोरे पक्राउपछि सुन तस्करी थप जालो बाहिर आउने अवस्था छ । अब यो काण्डमा थप अरु को को तानिन्छन्, छानबिन समितिले थप तथ्य बाहिर ल्याउने विश्वास गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.