युवक पक्रन हवाई फायर, २६ हजार नक्कली डलर बरामद
बनेपा: काभ्रेको पाचँखाल नगरपालिका ४ बोरेदोभान मा नक्कली डलरसहित एक युवकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रक्राउ गरेको छ । लामो समयदेखि नक्कली मुद्रा कारोबारको काम गरेको गोप्य सूचनाका आधारमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ का २३ वर्षीय विनोद तामाङ्गलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र मरासीनीेले जानकारी दिए ।
उनका अनुसार आईतबार बेलुकी नक्कली डरलको कारोबार गर्दै विनोद भाग्ने प्रयास गरेसँगै प्रहरीले पाँच राउन्ड गोली चलाएर नियन्त्रणमा लिइएको डिएसपी मरासीनीले जानकारी दिए ।
‘हामीले विनोदलाई नक्कली २६ हजार डलरसहित प्रक्राउ गरेका छौ’, उनले थपे, ‘प्रक्राउ पर्ने क्रममा उनले प्रयोग गरेको बा ७२ प ३०९६ नम्वरको मोटरसाइकल र मोबाइलसहित २६ हजार नम्कली डलर बरामद गरेका छौ ।’
मरासिनीका अनुसार ठगी र कारोबारमा अन्य ठूलो गिरोह पनि संलग्न भएकाले खोजी भइरहेको छ । तामाङलाई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।