काम लागेन सोर्सफोर्स: एकै पटक ८० जना अधिकृत दुर्गममा खटाइयो

काम लागेन सोर्सफोर्स: एकै पटक ८० जना अधिकृत दुर्गममा खटाइयो

काठमाडौँः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फाइल वढुवा भएर आएका  ८० जना शाखा अधिकृतलाई एकै पटक विभिन्न स्थानीय तहमा खटाएको छ । विशेष गरी प्रदेश नं ६ र ७ का दुर्गम जिल्ला  तथा प्रदेश नं २ का स्थानीय तहका रिक्त स्थानमा ती अधिकृतलाई खटाइएको हो । 

उनीहरु सबैजना फाइल बढुवा भएर लोकसेवा आयोगवाट शुक्रवार साँझ  सिफारिस भई  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आएका थिए । सामान्य प्रशासन मन्त्रालयमा सिफारिस भई आएलगत्तै एकै दिनमा उनीहरु सवैलाई स्थानीय तहमा खटाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए । 

लोकसेवा आयोगबाट सिफारिस भएर आएपछि कर्मचारीहरुले राम्रो र सुगम ठाउँमा जान उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको सोर्सफोर्स नै प्रयोग गर्ने गरेका छन् । त्यसरी सोर्सफोर्स लगाउने परिपार्टीका कारण सामान्य प्रशासन मन्त्रालयलाई समयमा नै कर्मचारीलाई नियुक्ति दिएर पदस्थापन गर्न निकै समस्या पर्ने गरेको थियो ।

तर यस पटक भने लोकसेवा आयोगबाट सिफारिस भएर आएको पर्सीपल्ट नै सवै कर्मचारीलाई स्थानीय तहमा पदस्थापन गरी आइतवार नै सबैलाई चिठी नै दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले बढुवा भएका शाखा अधिकृतलाई पदस्थापन गर्दा उनीहरुको पीआईएसको आधारमा सकेसम्म घरपायक तथा घर नजिकैको जिल्लामा खटाइएको छ । 

दुर्गम जिल्लाका अधिकांश स्थानीय तहमा कर्मचारी अभाव हुँदा अझै पनि ती तहले प्रभावकारी काम सम्पन्न गर्न सकेका छैनन् । संघीय मामिला मन्त्रालयमा दुर्गम जिल्लाबाट बारम्बाार कर्मचारीको माग हुँदै आएकाले मन्त्री पण्डितले आइतबार सवै ८० शाखा अधिकृतलाई नै दुर्गम जिल्लाका स्थानीय तहमा पदस्थापन गर्न मन्त्रालयको प्रशासनिक नेतृत्वलाई निर्देशन दिएका थिए । 

मन्त्रीका स्वकीय सचिव आलमले बढुवा भएका शाखा अधिकृतबाट आकर्षक ठाउँमा पदस्थापन गराउन सोर्सफोर्स आएको थियो । तर मन्त्रीको निर्देशनमा  सबैलाई एकै पटक दुर्गमका स्थानीय तहमा पठाइएको हो । 

दुर्गममा पदस्थापन भएका नयाँ शाखा अधिकृतहरु दुर्गमका स्थानीय तहमा नगए उनीहरु सबैलाई कानुन अनुसार कारवाही गरिने चेतावनी समेत संघीय मामिला तथा सामान्य  प्रशासन  मन्त्रालयले दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.