रिजुलाई मिस नेवाको उपाधि

रिजुलाई मिस नेवाको उपाधि

काठमाडौं : १६ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३औं संस्करणको मिस नेवाः ११३८ को उपाधि चुमेकी छन् । ‘नेपालमा विपत् व्यवस्थापन कसरी गर्न सकिन्छ ? ’ भन्ने प्रश्नको ‘विपत् व्यवस्थापनका लागि हरेक व्यक्तिमा जागरुकता अर्थात् सचेतना हुनुपर्छ’ भन्ने जवाफ दिएर उनले उपाधि जितेकी हुन् ।

नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता जितेपछि रिजुले ताज, २० हजार रुपैया“ नगदका साथमा विभिन्न उपहार प्राप्त गरिन् । रिजुले पब्लिक च्वाइस एवार्डसमेत जितिन् ।

प्रतियोगितामा डा.सरिसा श्रेष्ठले फस्ट रनरअपको उपाधि जितिन् । भर्खरै एमबीबीएस अध्ययन पूरा गरेकी डा.सरिसाले उपाधिसँगै नगद १५ हजार रुपैयाँका साथमा उपहार प्रप्त गरिन् । मतिना मानन्धरले सेकेन्ड रनरअपको उपाधि जित्न सफल भइन् । मतिनाले उपाधिसँगै नगद १० हजार रुपैया“ पनि पाइन् । मतिनाले मिस पर्सनालिटीको उपाधिसमेत जितिन् । परिचयात्मक चरणबाट प्रारम्भ भएको उक्त प्रतियोगितामा सृष्टि शाक्यले पा“च हजार रुपैया“ राशिको मिस ट्यालेन्टको उपाधि जितिन् ।

बेस्ट ड्रेसको उपाधिका लागि प्रतिस्पर्धीले आकर्षक पहिरनसहित क्याटवाक गरेका थिए । उक्त सिक्वेन्समा सबैभन्दा आकर्षक पहिरन लगाउने अञ्जु श्रेष्ठले बेस्ट ड्रेसको उपाधि जितिन् । यसबाहेक अञ्जुले बेस्ट हेयरको उपाधि पनि जितिन् । अन्य उपाधितर्फ सरिना महर्जनले उत्कृष्ट नेपाल भाषा, सन्ध्या श्रेष्ठले बेस्ट स्किन, मिलु श्रेष्ठले मिस डिसिप्लिनको उपाधि हासिल गरे । अन्य उपाधितर्फ विना महर्जनले बेस्ट स्माइल, प्रदिका श्रेष्ठले मिस फ्रेन्डसिप, उस्मी श्रेष्ठले मिस फोटोजेनिक तथा राधा श्रेष्ठले बेस्टवाकको उपाधि जितिन् ।

पस्मिना शाक्यले सोसल वेलफेयर एम्बेसडर चिफको उपाधि जितिन् भने सरिसा श्रेष्ठ तथा प्रज्ञा श्रेष्ठले सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट रनरअप तथा सेकेन्ड रनरअपको उपाधि जित्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा प्राइम बैंकका उपप्रमुख भाइराजा तुलाधर, व्यवसायी प्रदीपमान प्रधान, बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, नेपाल टेलिकमकी उपनिर्देशक रीना डंगोल, पूर्वमिस नेवा योगिता महर्जनलगायत थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.