विष पिएर आत्महत्याको प्रयास
भोजपुर : भोजपुरमा एक युवतीले विष पिएकी छिन् । टेम्केमैयुङ्ग गाउँपालिका ७ कोटको दिप्शास्थित स्थानीय उदयबहादुर राईकी २१ वर्षीय छोरी साकिला राईले विष पिएकी हुन् ।
विष पिएकी युवतीको उपचार स्थानीय स्वास्थ्य चौकी कोटमा हुन नसकेपछि जिल्ला अस्पतालमा ल्याइएको छ । युवतीको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ । विष पिउनुको कारण भने खुलेको छैन ।