भीरगाउँमा पानी अभाव, एक परिवारलाई दुई गाग्री !

भीरगाउँमा पानी अभाव, एक परिवारलाई दुई गाग्री !

ओखलढुंगाः ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ भीरगाउँमा मानव वस्तीभन्दा डेढ घण्टा टाढा रहेको एउटा कुवामा दिनरात पानी भर्नेको लाइन लाग्छ।गाउँसम्मै वितरण गरेको पानीका मुहान सुकेपछि बचेको कुवामा पानी भर्न पालो कुर्दा कतिले रात उतै कटाउँछन्।

कुवामा सीमित पानी आउने भएकाले ५५ परिवारको पिउने पानीको अभाव टार्न नियम नै बनाएका छन्। एक दिनमा एक घर परिवारले दुई गाग्री मात्र पानी भर्न पाउँछन्।त्यसपछि अन्य परिवारको पालो यसरी नै आउँछ।

२४ सैँ घण्टा कुवासँगै रहेको सानो धारामा पानी भर्न स्थानीयको भीड लाग्ने गरेको उपभोक्ता देवीमाया मगरले बताइन्।'रात दिन सबैले पालैपालो पानी भर्ने गरेका छौँ, रातमा पानीकै मुहानमा बास बस्छौँ' उनले भनिन, 'रातभरि गफ गर्दै पानी भर्छम्, कहिले त ओछ्यान लगेर त्यही सुत्छौँ, कोही त डोकोमा पसेर पनि सुत्छन्।'

पालो कुर्दा कहिलेकाही त बिहानको १ बज्छ। भीरगाउँकै ७० वर्षीय नरिमाया मगरको पनि दैनिकी उस्तै छ। पानी लिन उनी आफै जान्छिन्।'लौरो टेकेर म आफै पानी लिन जान्छु, नगए पिउन समेत पाइँदैन, साह्रै दुःख पाइयो' उनले दुखेसो पोखिन्। 

मुहानमा पानी थाप्न पालो लगाइएको छ। कसैको पालो दिनमा, कसैको राति आउने स्थानीय सोमबहादुर मगरले बताए। 'पिउने पानी अभाव छ, नुहाउने त कुरै छाडौं' उनले भने, 'नुहाउन नपाएको महिनौं भयो, मान्छेका अगाडी जानै अप्ठ्यारो लाग्छ।'

भूकम्पले मुहान सुके

स्थानीयका अनुसार पानीको अभाव रहेको सो क्षेत्रमा पिउने पानीको समस्या २०७२ सालको भूकम्पअघि थिएन।०७२ वैशाखपछि पानी सुक्यो।असार साउनमा प्रशस्त पानी पलाउने ठाउँ पनि सुक्खा भए।

भूकम्प गएपछि यहाँको मुख्य खानेपानीको मुहान सुकेको छ।चार वर्ष पहिले वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्ने संस्था रिमरेक र गाविस तथा स्थानीय संघ संस्थाको ३० लाख लगानीमा पम्पिङ प्रविधिबाट ओडारे जोर धारा सौर्य उर्जा खानेपानी आयोजना सञ्चालन भएको थियो।

आयोजना सञ्चालन भएको दुईवर्ष नबित्दै भीरगाउँमा खानेपानीको चरम समस्या दोहोरिएको छ। यस अघि क्षेत्रमा खानेपानी अभाव भएपछि ओडारेबाट दुई सय छ मिटरमाथि सोह्रंगना आधारभुत विद्यलायसम्म पम्पिङ प्रविधिमार्फत खानेपानी लगिएको थियो।खानेपानी कै समस्या रहेको भीरगाउँमा गाईवस्तुलाई खुवाउन चरनकै भर पर्नुपर्छ। 

पुनः निर्माण प्रभावित 

भीरगाउँका ५५ मध्ये २६ घर भूकम्पले भत्किए। अहिले सबैले पुनःनिर्माण सुरु भएका छन्। तर, पानीकै अभावले पुनः निर्माण प्रभावित बनेको छ। पानी नभएपछि ट्याक्टरबाट पानी ओसारेर घर पुननिर्माणको काम गर्दा लागत बढेको स्थानीले बताए। छिमेकीगाउँ सिस्नेरीबाट पानी ओसारेर घर निर्माण गरिरहेको प्रमिला मगरले बताइन्। 'एक डेढ घण्टा टाढाबाट गाग्री, ड्रमबाट बोकेर घर आधा बनाइयो, अहिले एक ट्याक्टरको दुई हजार तिरेर पानी ओसार्ने गरेका छौं' उनले भनिन्।

एक लिटरको ढुवानी मात्रै डेढ रुपैंयाँ पर्छ। पानी किन्नु पर्ने अवस्था आएको उनले गुनासो गरिन्। भीरगाउँको पानीको कहानीबारे गाउँपालिका प्रमुख रुद्रप्रसाद अधिकारीले ठूलो लगानीको आयोजना मुहान सुकेर अलपत्र परेपछि अहिले नयाँ योजनाको तयारी भइरहेको बताए। 

दुई वर्षदेखि समस्या समाधान गर्न सरोकारवालाले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। भीरगाउँजस्तै चम्पादेवी गाउँपालिकाको वडा नं. १ र २ साविक पलापु गाविसमा समेत खाने पानीको हाहाकार छ। मुहान नै अभाव भएपछि त्यस क्षेत्रमा पुरानो मुहानले नधानेर पानी अभाव भएको हो। खानेपानी थाप्न मात्रै त्यहाँ पनि दुई घण्टासम्म लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.