'का‌ंग्रेस प्रतिपक्ष जस्तो हुनै सकेन, देउवाले झन् कम्जोर बनाए'

'का‌ंग्रेस प्रतिपक्ष जस्तो हुनै सकेन, देउवाले झन् कम्जोर बनाए'

काठमाडौँ: नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय संसदमा आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रममा कांग्रेस मौन बसेपछि डा कोइरालाले गृहनगर विराटनगर आएर पछिल्लो अभिव्यक्ति दिएका हुन् । 

कोइरालाले सोमवार गुराँस पुस्तकालको ४८ औँ स्थापना दिवसमा भने, 'सरकारको नीति तथा कार्यक्रममा कांग्रेसले  समर्थन या विरोध गर्नुपर्थ्यो । मौन बस्नु दुर्भाग्य हो, यसले लोकतन्त्रलाई कमजोर बनाउँछ  । 

'कांग्रेस मौन बस्नुले विरोध वा समर्थन के गरेको बुझ्न सकिएन ?' कोइरालाले प्रश्न गरे । कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट देखिँदै आएका कोइरालाले पार्टीमा जस्तै संसदमा पनि कांग्रेसको उपस्थिति सभापतिले कमजोर बनाएको टिप्पणी गरे । 

'संसदमा प्रतिपक्ष कमजोर बन्दा लोकतन्त्र कमजोर बन्ने खतरा बढ्छ,'  कोइरालाले भने, 'कांग्रेसले प्रतिपक्ष जस्तो व्यवहार पनि देखाउन सकेन र काम पनि गर्न सकेन ।' 

संसदमा कांग्रेसको उपस्थिति न्यून भए पनि भूमिका शसक्त हुनुपर्ने उनको सुझाव थियो । प्रतिपक्षी सशक्त हुन नसक्दा सरकार तानाशाही बन्दै जाने उनको ठोकुवा छ । 

आफ्नो कार्यकाल अझै ३ वर्ष बाँकी रहेको सार्वजनिक अभिव्क्ति दिँदै हिँडेका सभापति देउवालाई कोइरालाले भने, 'विधान अनुसार निर्वाचित भएका सभापति विधान अनुसार नै १ वर्ष ९ महिनापछि स्वत: हटनु हुनेछ ।' 

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिविधिले लोकतन्त्र गुम्ने त होइन भन्ने काला बादलहरु देखा परिरहेको उनले बताए । 'कांग्रेस सशक्त प्रतिपक्षी बन्न सकेन भने प्राप्त उपल्ब्धि गुमेर जाने खतरा बढन सक्छ', कोइरालाले भने ।

गणतन्त्र दिवसको अवसरमा माओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई आममाफी दिने ओली सरकारको रवैयाले प्राप्त लोकतन्त्र गुम्ने खतर बढेको उनको संकेत थियो । डा कोइरालाले न्यायपालिका दिनानुदिन कम्जोर हुदै गएको पनि बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.