जब बाबुराम ३० वर्षका भए...

जब बाबुराम ३० वर्षका भए...

काठमाडौं : प्रायः राजनीतिक दलले आयोजना गर्ने कार्यक्रमको शैली खासै फरक हुँदैन । नेताले भाषणमा विपक्षी दलको आलोचना गर्ने अनि कार्यकर्ताले ताली बजाउने पुरानै संस्कार हो । तर सोमबार काठमाडौंमा एक राजनीतिक दलले भने फरक शैलीको कार्यक्रम आयोजना गर्‍यो । नयाँ शक्ति पार्टी नेपालले आफ्नो स्थापनाको तेस्रो वर्ष प्रवेशको पूर्वसन्ध्यामा फरक शैलीको कार्यक्रम आयोजना गरेको हो । राष्ट्रिय युवा अभियानले आयोजना गरेको कार्यक्रममा पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘म अहिले ३० वर्षको भए के गर्ने थिएँ ? ’ भन्ने शीर्षकमा प्रवचन दिए ।

करिब आधा घण्टा प्रवचन दिएका पूर्वप्रधानमन्त्री भट्टराईले आफू ३० वर्ष हुँदाको समय र अहिले धेरै परिवर्तन आएको र सूचना प्रविधिले निकै फड्को मारेको जनाए । ‘तपार्इंहरूले मलाई ३० वर्षको भएको भए के गर्थिस् भनेर सोध्नुभयो । तर म त भन्छु उहिलेको ३० वर्ष भनेको अहिलेको १५÷२० वर्षमै सिकिसकिएको हुन्छ ।’

म अहिले ३० वर्षको भएको भए यीयी काम गर्थें भनेर उनले विभिन्न विषयमा आफ्नो धारणा राखे । अहिलेको नेपाली राजनीतिक अवस्था, विश्व पुँजीवाद, माक्र्सिस समाजवाददेखि प्रेम र यौनका कुरासम्म गरे उनले ।

सुरुमा पुँजीवादबारे आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले नेपालमा काँठे पुँजीवाद (क्रोनी क्यापिटालिजम) हाबी भएको बताए । नेपाली राजनीतिमा खासै चर्चामा नआएको काँठे पुँजीवादबारे भट्टराईले भने, ‘कमिसन खोरबाट कमिसन लिने, आफ्ना मान्छेलाई राज्यका विभिन्न ठाउँमा राख्ने, राज्यसत्ताको दोहन गर्ने प्रवृत्ति देखिएको छ, यो काँठे पुँजीवादको अभिव्यक्ति हो ।’

कमिसन खोरबाट कमिसन लिने, आफ्ना मान्छेलाई राज्यका विभिन्न ठाउँमा राख्ने, राज्यसत्ताको दोहन गर्ने प्रवृत्ति देखिएको छ, यो काँठे पुँजीवादको अभिव्यक्ति हो ।

नेपालमा आसेपासे पुँजीवाद हाबी भएको आरोप लगाउँदै उनले देशसुहाउँदो विचारको खोजीमा आफू लाग्ने बताए । ‘मेरो पालाको जस्तो १२ घण्टा पुस्तकालयमा बसेर सामग्री अध्ययन गर्नुपर्ने, महिनौंसम्म खोज्नुपर्ने स्थिति अहिले छैन’, उनले भने, ‘अब त गुगलमा घरमा बसीबसी, हातहातमै अनुसन्धान, खोजी गर्न सकिन्छ । म अहिले ३० वर्षको भए त्यसको खोजीमा लाग्थें, नेपाल र युगसुहाउँदो नयाँ विचार दिन्थें ।’

समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा आधारित उन्नत प्रकारको समाजवाद आजको आवश्यकता रहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले लोकतन्त्रमा आधारित समाजवादको आवश्यकता औल्याएँ ।

आर्थिक विकास र समृद्धिका योजनालाई तीव्र रूपमा अघि बढाउन निश्चित कार्ययोजना र दृष्टिकोण आवश्यक रहेको भन्दै भट्टराईले गफकै भरमा देश नबन्ने टिप्पणी गरे । प्रधानमन्त्री केपी ओलीप्रति व्यंग्य गर्दै उनले भने, ‘म यो गर्छ,ु त्यो गर्छु भन्ने अहिले थेगो नै बनिसकेको छ, प्रधानमन्त्रीले अहिले पानीजहाज पनि ल्याइदिने, रेल नि ल्याइदिने भन्नुहुन्छ, तर कसरी ल्याउने भन्ने कुरा भन्नुभएको छैन ।’

बेरोजगारी समस्या विकराल रहेको भन्दै उनले प्राविधिक शिक्षाको खाँचो औंल्याए । ‘देशको ठूलो जनशक्ति आफ्नै देश निर्माणका लागि पसिना बगाउन चाहँदा पनि हामीले काम दिन सकेका छैनौं’, उनले भने, ‘कौडीको मूल्यमा अरूको देशमा काम गर्न बाध्य छन् । अब हामीले निःशुल्क शिक्षाका साथै उद्यमशीलतालाई प्राथमिकता दिनुपर्छ ।’

प्रवचनका क्रममा भट्टराईले बिहेबारे एउटा किस्सा पनि सुनाए । ‘घरमा बिहेका कुरा आउन ेबेला मैले दलितसँग मात्र बिहे गर्छु भन्थें’, उनले विगत सम्झिए, ‘त्यसो भनेपछि घरमा ‘दलितसँग बिहे गर्नुभन्दा बरु नगरेकै ठीक’ भनेर त्यस्ता कुरा गर्नुहुन्नथ्यो ।’

प्रवचनको अन्त्यमा पूर्वप्रधानमन्त्री भट्टराईले प्रेम र यौनका विषयमा समेत बोले । उनले प्रेम र यौनलाई रहस्यमयी नबनाउन आग्रह गर्दै भने, ‘युवावस्थामा यी दुवै कुरा उत्तिकै महत्र्वपूर्ण हुन्छन् । हामीले लुकाएर राख्नुहुन्न । मानव जातिको निरन्तरताका लागि यौनको महत्र्व छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.