आरोहणका ६५ वर्ष : ‘चोमोलोङ्मालाई विश्राम दिऊँ’

आरोहणका ६५ वर्ष : ‘चोमोलोङ्मालाई विश्राम दिऊँ’

काठमाडौं : चोमोलोङ्मा (सगरमाथा) शिखरमा मानवले पाइला टेकेको ६५ वर्ष पूरा भएको छ । त्यसयता बर्सेनि सयौं आरोही शिखर उक्लँदा चोमोलोङ्मालगायत हिमालले मानवको थेग्नै नसक्ने निरन्तर भार वहन गरिरहेका छन् । पर्वतारोही र पर्यटन व्यवसायीहरूले अब केही वर्ष चोमोलोङ्मालाई वि श्राम दिनुपर्ने सुझाव दिएका छन् ।

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारीले चोमोलोङ्माको पहिलो सफल आरोहण गरेका थिए । त्यसपछि क्रमशः चोमोलोङ्मा आरोहीको संख्या दिन दुई गुणा रात चार गुणा बढेको छ । आरोहीको अत्यधिक चापले फोहोरको डंगुर थुप्रिएको, आरोहणमा अवैध गतिविधि हुने गरेको र कीर्तिमानको होडमा नक्कली आरोहीको संख्या बढेकाले नियन्त्रण गर्न र हिमाल बचाउन केही वर्ष वि श्राम दिनुपर्ने कीर्तिमानी पर्वतारोही लाक्पा शेर्पा सुझाव दिन्छन् । 

अभिलेखअनुसार एकै दिन २ सय जनासम्म चोमोलोङ्मा शिखर पुगेकाले त्यहाँ हुने भीड नियन्त्रण गर्नु अत्यावश्यक भएको उनले बताए । पर्यटन विभागका अनुसार अहिलेसम्म ५ हजारभन्दा धेरै आरोहीले चोमोलोङ्मा आरोहण गरिसकेका छन् ।

भूकम्प र हिमपहिरोले सन् २०१५ र २०१६ मा चोमोलोङ्माले वि श्राम पाए पनि त्यसपछि फेरि यसले वि श्राम पाएको छैन । ‘अहिले आरोहीको चाप थाम्न मुस्किल परेको छ, ६५ वर्षअघि तेन्जिङले डोहोर्‍याउँदा हिलारीले आइसएक्स खोप्दै महिनौं भीर चढेर कठिन मेहनतले चुचुरो उक्लिएको इतिहास मेटिन थालेको पर्वतारोहीहरू बताउँछन् । अन्तिम चरणको कठिन ठाडो भीर नै अहिले ‘हिलारी स्टेप’ नामले प्रसिद्ध छ ।

‘अहिले सबै आरोहीले साउथकोल (८ हजार मिटर ) माथिको हिलारी स्टेपको सम्मान गरेको पाइँदैन’, पर्वतारोही ङातेन्जी शेर्पाले भने, ‘आरोहीले ती दुई महान व्यक्तिको सम्मान गर्नु पर्नेमा त्यसो गर्दैनन् ।’ प्रकृतिले दिएको अनुपम वरदान चोमोलोङ्मालाई सस्तो र व्यापारीकरण बनाउन नहुने पक्षमा हिलारीसमेत थिए । आधारशिविरमा आरोही र सरदारको हुल, शेर्पा, गाइड, सरदारले काँध थापेर, डोहोर्‍याएर शिखर पुर्‍याएका आरोहीप्रति समाजको धारणा नकारात्मक बन्न थालेकाले केही वर्ष वि श्राम दिएर चोमोलोङ्माको सफाइ गर्नुपर्ने उनको सुझाव छ ।

आधारशिविर माथि चुचुरोसम्म थुप्रेका फोहोरका डंगुर व्यवस्थापनमा राज्यको बेवास्ता अर्को समस्या हो । चोमोलोङ्मा रहे मात्र तेन्जिङ र हिलारीको इतिहास रहने भन्दै यसको संरक्षण गर्नुपर्ने २१ पल्ट आरोहण गरेका फूर्वाटासी शेर्पाको विचार छ । २१ पल्ट आरोहण गरेका सोलुखुम्बु खुम्जुङका आप्पा शेर्पा र फूर्वाटासी दुवैले परिवारको अनुरोधमा आरोहण नगर्ने घोषणा गरिसकेका छन् । ‘व्यवस्थापन र संरक्षणमा राज्यले चासो नदिनु र नदेखेजस्तो गर्नु दुःखद् छ’, फूर्वाटासीले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.