रुखबाट लडेर घाइते भएकाको मृत्यु
फुङलिङ : घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-५ का लाक्पा शेर्पाको मृत्यु भएको छ।ज्येष्ठ ११ लडेर घाइते भएका ६० वर्षीय शेर्पाको उपचारका क्रममा विराटनगरमा मंगलबार मृत्यु भएको उनका अफन्त मात्रिका शेर्पाले जानकारी दिए।
मृतकको शव दाहसंस्कारका लागि ताप्लेजुङतर्फ ल्याइदै गरेको शेर्पाले बताए। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगर रिफर गरिएको थियो।