अर्थमन्त्री खतिवडाले उचालेको रातो ‘ब्रिफकेस’मा कति खर्बको बजेट ?
काठमाडौं : सरकारले अहिले केही बेरमा आर्थिक वर्ष २०७५/७६ को बजेट संघीय संसदमा प्रस्तुत गर्दैछ। अर्थमन्त्री युवराज खतिवडा रातो ‘ब्रिफकेस’ बोकेर संसद भवनमा प्रवेश गरिसकेका छन्। यो आर्थिक वर्षको बजेट १३ खर्ब बढी आउने अनुमान गरिएको छ। प्रत्येक वर्ष अर्थमन्त्री कालो ब्रिफकेसबाट खोलेर बजेट संसदमा प्रस्तुत गर्ने परम्परालाई तोड्दै खतिवडा रातो ब्रिफकेस बोकेर संसद भवन पुगेका हुन्।