अस्पतालमा सुत्केरी हुनेलाई बाटो खर्च दोब्बर
काठमाडौँः सरकारले अस्पताल सुत्केरी हुन आउने महिलालाई दिइने बाटो खर्च दोब्बर बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
सरकारले अहिले अस्पतालमा सुत्केरी हुन आउने महिलालाई एक हजार रुपैयाँ बाटो खर्च दिने गरेको थियो । सरकारले अहिले केही जिल्लामा जारी बिमा कार्यक्रमलाई देशभरी विस्तार गर्ने पनि निर्णय गरेको छ ।