दुई वर्षमा साक्षर नेपाल घोषणा
काठमाडौं : आर्थिक वर्ष २०७५/७६ को बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले दुई वर्षमा नेपाललाई साक्षर बनाउने घोषणा गरेका छन्।मंगलबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले दुई वर्षमा नेपाललाई साक्षर बनाउने घोषणा गरेका हुन्।
सामुदायिक विद्यालय शिक्षालाई प्रभावकारी बनाउन विद्यार्थीलाई पौष्टिक खाजा खर्च उपलब्ध गराउने, शारीरिक अपांगतालाई पूर्वाधार युक्त शिक्षाका लागि आवश्यक रकम विनियोजन, धार्मिक शिक्षालाई प्राथमिकता, दलितका लागि सबै क्षेत्रमा निःशुल्क शिक्षा, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा प्रदानका लागि बजेट, ग्रामिण विद्यालयमा निशुल्क इन्टरनेट उपलब्ध गराउने लगायत विषयलाई समेत सरकारले यो आर्थिक वर्षको बजेटमा समेटेको छ।
सँगै अर्थमन्त्री खतिवडाले पाँच प्रतिशत अनुदानमा शैक्षिक ऋण उपलब्ध गराउने,खुला विश्वविद्यालय तथा वैकल्पिक शिक्षा प्रणाली विस्तार गर्ने, विश्वविद्यालयको अनुदानमा वृद्धि गरेर १४ अर्ब ३६ करोड बनाउने घोषणा गरेका छन्।