इजाजत प्राप्त कम्पनीबाट मात्रै घर जग्गा किन्न पाइने
काठमाडौँः सरकारले घर जग्गा खरिदलाई पनि करको दायरामा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
मन्त्री खतिवडाले अहिले भइरहेको अव्यवस्थित घरजग्गा कारोबारलाई करको दायरामा ल्याउने गरी यस्तो घोषणा गरेका हुन् । त्यसैगरी सरकाले आगामी दुई वर्षभित्रमा धनीपूर्जालाई पनि डिजिल भर्सनमा लैजाने घोषणा गरेको छ ।